मनोरञ्जन

भैरहवामा महाकविको पूर्ण कदको सालिक राखिने

असार ५, २०७३

    भैरहवा : महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको सालिक निर्माणका लागि सिद्धार्थ साहित्य परिषद्ले अभियान थालेको छ। 

    अभियानस्वरुप परिषद्ले संस्थाका अध्यक्ष डिल्लीराज भट्टराईको संयोजकत्वमा उपभोक्ता समिति, परिषद्का आजीवन सदस्य विजय पाण्डेको संयोजकत्वमा अर्थ सङ्कलन समिति, प्राज्ञ बुँद रानाको नेतृत्वमा मूल्याङ्कन तथा अनुगमन समिति बनाएको छ। सोही सिलसिलामा परिषद्ले सालिक निर्माणमा नैतिक र आर्थिक सहयोगका लागि आज भैरहवामा जम्मा भएका साहित्यकार र साहित्य अनुरागीसँग आग्रह समेत गरेको परिषद्का सचिव नरेश केसीले बताए।

    कार्यक्रममा परिषद्का आजीवन सदस्य साहित्यकार विजय पाण्डेले देवकोटाको सालिक निर्माणमा सबैको एकताका लागि प्रतिबद्धताको खाँचो औँल्याए। महाकवि देवकोटाको प्रतिमा निर्माणका लागि हालसम्म सवा लाख रुपैयाँ प्राप्त भइसकेको जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]