काठमाडौँ : काठमाडौँमा जारी आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० सिरिजमा नेपालले जितका लागि १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्...
मेक्सिकोलाई ७-० को फराकिलो अन्तरले हराउँदै चिली कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा चिलीका लागि एडुरो भार्गास एक्लैले ४ गोल गरे भने एड्सन पुचले २ र एलेक्सेज साञ्चेजले एक गोल गरे।
चिलीले मेक्सिकोलाई सेमिफाइनलमा पुग्नबाट मात्र रोकेन, उसको २२ खेलदेखिको अपराजित यात्रा पनि अन्त्य गरिदियो। चिलीले फाइनल प्रवेशका लागि आउँदो बुधबार कोलम्बियाको सामना गर्नेछ।
खेलमा चिलीले १६ औं मिनेटमा एड्सन पुचको गोलबाट अग्रता लिएको थियो। मार्सेलो डियाजको प्रहारलाई मेक्सिकन गोलकिपरले रोक्दा फर्किएको बललाई पुचले पोस्टको दिशा दिएका थिए।
पुचले खेलको ८८ औ मिनेटमा अर्को गोल पनि गरे। चिलीका लागि एडुरो भार्गासले ४४ औं, ५२ औं, ५७ औं र ७४ औं मिनेटमा गोल गरे। त्यस्तै साञ्चेजले ४९ औं मिनेटमा गोल गरे।
भार्गासले चालु कोपा अमेरिकाको सेमिफाइनल र फाइनल खेल बाँकी हुँदैमा ब्यक्तिगत गोल संख्या ६ पुर्याएका छन्। उनीभन्दा २ गोल कम गरेका अर्जेन्टिनाका लियोनेल मेसी दोश्रो स्थानमा छन्। भार्गासाले सन् २०१५ को कोपा अमेरिकामा पेरुका पाउलो गुरेरोसँग संयुक्त रुपमा गोल्डेन बुट पाएका थिए। त्यतिबेला उनले प्रतियोगिताभरी ४ गोल गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।