समाज

पुराणको कथामा अभिनय, हेर्नुस् फोटोहरु

फोटोहरु : दीपक केसी
असार ५, २०७३

    काठमाडौं  : बाल सारथीको आयोजनामा पशुपति परिसरको माधवराज सुमार्गी भवनमा असार १ गते सुरु भएको श्रीमद भागवत महायज्ञमा भक्तजनहरु ठूलो कोठामा बसेर कथा सुनिरहेका छन्। त्यहाँ उनीहरुले कथामात्र सुनेका छैनन्। अभिनय पनि हेर्न पाउँछन्। महायज्ञमा पुराण वाचनसँगै अभिनय पनि गरिएको छ।

    कथावाचक वाचन प्रवीण दीनबन्धु पोखरेलले कथा भनिरहँदा कलाकारहरु मञ्चमा अभिनय पनि गरिरहेका हुन्छन्। कहिले भक्तले भगवानको चरणमा परेर वरदान मागिरहेको त कहिले देवताले दैत्यलाई नाश गरेको। यी दृश्य पुराणको कथावाचनसँगै मञ्चमा मञ्चन पनि भइरहेको छ। पुराण वाचनका क्रममा बाँसुरी, मादल आदि बाजा बजाएर महायज्ञलाई संगीतमय बनाइएको छ। बेलाबेलामा भजन कीर्तन त हुने भइहाले।

    महायज्ञमा बिभिन्न क्षेत्रका व्यक्तित्व र दानवीरहरु पनि सहभागी भएका छन्। आइतबार महायज्ञमा भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बा, राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशम्शेर जबरा, भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय लगायतका नेताहरु पुगेका थिए।

    महायज्ञमा बोल्दै भूमिसुधार मन्त्री रामकुमार सुब्बाले आफुहरु नेपाललाई हिन्दु राज्य बनाउन अझै संघर्षमा रहेको बताए। 'विश्वमा हिन्दु राज्यको प्रतिनिधित्व गर्ने देश नेपाललाई बनाउनुपर्छ भनेर हामी संघर्ष गरिरहेका छौं' उनले भने 'आज सदनमा नीति तथा कार्यक्रममाथि मतविभाजन भइरहेको छ तर मेरो लागि यो कार्यक्रम महत्वपूर्ण छ।' उनले अहिले हिन्दु धर्मप्रति अनेक चुनौती खडा भएको भन्दै यस्तै अवस्था रहेमा आगामी दिनमा यस्ता धार्मिक अनुष्ठानमा भक्तजनहरुकै अभाव हुन सक्ने बताए।

    बाल सारथीले असहाय, विपन्न र सडक बालबालिकाको शिक्षा, स्वास्थ्य, खाना र आवासका लागि महायज्ञ आयोजना गरेको हो। महायज्ञ असार ७ गतेसम्म चल्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]