स्वास्थ्य

थाइराइडबारे थाहा पाउनैपर्ने ५ कुरा

फोटो : www.thyroid.com.au
असार ८, २०७३

    १. थाइराइड के हो? 

    थाइराइड मानिसको शरीरमा रहेको एउटा ग्रन्थी हो। यो घाँटीको अगाडि पट्टी रहेको हुन्छ। यो ग्रन्थीले थाइरोक्सिन (टी -३) र ट्राइआयोडो थाइरोनिन (टी-४) हर्मोनको उत्पादन गर्छ। थाइराइडको खास काम शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो। यसैले थाइराड ग्रन्थीलाई शरीरको एक्सिलेटर पनि भनिन्छ। 

    थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ। हर्मोन बटी उत्पादन हुनुलाई हाइपर थाइराइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन हुने थाइराइडलाई हाइपो थाइरोडिज्म भनिन्छ।

    २. कसलाई हुन सक्छ थाइराइड?

    शरीरमा आयोडिनको कमी हुँदा वा खानामा रासायिनिक पदार्थ अत्याधिक भएमा वा शरीरमा किटाणुसित लड्ने क्षमता कम भएमा शरीरमा हर्मोनको तलमाथि भइ शरीरमा थाइराइडको समस्या देखिन थाल्छ। 

    थाइराइड जोसुकैलाई र जुनसुकै उमेरका मानिसलाई पनि हुन सक्छ। विशेष गरी यो रोग ४० बर्ष माथिका महिलालाई देखिन्छ। महिलामा रोग प्रतिरोधात्मक क्षमताको गडबडीले गर्दा यो रोग महिलामा धेरै देखिने गरेको हो।

    ३. थाइराइड भएको कसरी थाहा पाउने?

    शरीरमा थाइराइड बढी उत्पादन भयो भने खान कम रुच्ने, खाना कम खाए पनि शरीर मोटाउदै जाने, बच्चामा भए बच्चाको मोटोपन अत्याधिक बढ्दै जाने, तर उचाइ र दिमाग भने नबढ्ने हुन्छ। गर्भवती हुन चाहने महिलाको गर्भ नबस्ने, बसेको गर्भ खेर जाने जस्ता लक्षणहरु पनि देखा पर्छ। यस्तो अवस्थामा शरीरमा अत्याधिक थाइराइड हर्मोनको उत्पादन भएको बुझ्नुपर्छ। 

    यस्तै खानमा धेरै रुचि भएपनि शरीर दुब्लाउदै जाने, कपाल झर्ने, आलस्य हुने, रुघाखोकी बारम्बार लागिरहने, महिलामा महिनावारी गडबड हुने, बोल्न गाह्रो हुने वा स्वर धोद्रो हुने, खुट्टा नचल्ने र कसैकसैमा आँखा बाहिर निस्कने जस्ता लक्षण पनि देखा पर्छ। यस्तो लक्षण देखापरेमा थाइराइड जाँच गराउनुपर्छ।

    ४. थाइराइडको उपचार नगरे कस्तो समस्या देखिन्छ? 

    यदि थाइराइडको उपचार बेलैमा गरिएन भने शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ, रक्तचाप घटबढ हुन्छ, मुटुमा समस्या देखिने, कब्जियत हुने, महिलामा महिनावारी गडबड हुनुका साथै बाझोपन देखिने, डिप्रेसन निम्ताउनुका साथै मृगौलामा पनि असर गर्छ। 

    ५. थाइराइड हुन नदिन के खाने?

    बेलैमा उपचार गरेमा र खानपानमा ध्यान दिएमा थाइराइड निको हुन्छ। कहिलेकाँही हाइपर थाइराइडमा मधुमेह समेत देखापर्ने हुँदाँ शरीरमा अन्य संक्रमण बढ्ने सम्भावना पनि हुन्छ। थाइराइडको लक्षण देखापर्ने वित्तिकै डाक्टरसँग जाँच गराउनुपर्छ। यसका अलवा सन्तुलित खाना खाने, हरिया सागसब्जी, फलफूल, आयोडिनयुक्त खानेकुरा र माछा खाने गर्नुपर्छ। थाइराइड हर्मोन कम भएकाहरुलाई माछाले फाइदा गर्ने हुँदा माछा खानु उत्तम मानिन्छ। 

    बरिष्ठ फिजिसियन डा. एई अन्सारीसँग सविना खनालले गरेको कुराकानीमा आधारित

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]