काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
काठमाडौं- संविधान पालना गराउने प्रमुख भूमिकामा रहेको मन्त्रिपरिषद्का सदस्यहरु नै संविधान विरोधी गतिविधिमा लाग्न थालेका छन् ।
संविधान बमोजिम शपथ खाएका भूमिसुधार तथा ब्यवस्था मन्त्री रामकुमार सुब्बाले आज संविधान विरोधी अभिव्यत्ति दिएका हुन् । रिपोर्टर्स क्लबले आज गरेको कार्यक्रममा उनले भने,‘ मन्त्री पद भन्दा मेरो लागि राजसंस्थाको विचार ठूलो हो । प्रधानमन्त्रीलगायतबाट मेरो विचार कुण्ठित भए मन्त्रीपद त्याग्छु ।’ उनले संविधानले नै विचारको स्वतन्त्रता दिएकोले आफू यस्तो अभिब्यक्ति दिन स्वतन्त्र रहेको दावीसमेत गरे । उनको तर्क थियो- राष्ट्रिय एकताको लागि सर्वस्विकार्य नेतृत्वको रुपमा राजसंस्था अपरिहार्य छ । नेपालमा संवैधानिक राजसंस्था, सापेक्ष हिन्दु राष्ट्र र संघीयताको ठाँउमा शक्तिशाली स्वायत्त शासन हुनु पर्ने धारणासमेत उनले राखे । त्यसका लागि राप्रपा नेपाल जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको उनले स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।