राजनीति

माइनिङको प्रसङ्ग निकाल्दै प्रचण्डले खोले माओवादी आन्दोलनको सस्पेन्स

असार ६, २०७३

    काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई जोगाउन खोज्दा दलदलमा फसेको बताएका छन्। सोमबार माओवादी नेता लेखनाथ न्यौपानेको संस्मरणात्मक पुस्तक विमोचान गर्दै प्रचण्डले माओवादी आन्दोलन सखाप हुने पूर्व सूचना पाएपछि बाटो बदल्न खोज्दा दलदलमा फसेको बताए।

    'कमाण्डरले माइनिङ भएको प्रमाणिक सूचना प्राप्त गर्‍यो' उनले भने 'पुरै सेना बर्बाद हुनबाट बचाउने उद्देश्यले माइनिङ छल्न खोज्दा दलदलमा परियो, दलदलबाट निस्किन खोज्दा अझै धस्सिँदै गयो। तर पुरै डुबेको भने छैन सेना, पुरै डुबेको छैन कमाण्डर।'

    प्रचण्डले सेना (माओवादी आन्दोलन) लाई एम्बुसबाट जोगाएर दलदलमा फसाएको भनेर नेतृत्वको आलोचना गर्नु न्यायसंगत नहुने पनि दावी गरे। 'यतिबेला सिपाही वा कोही पनि सामाजिक परिवर्तनको अभियन्ताको जिम्मेवारी माइनिङबाट छलेर दलदलमा फसाएको हुनाले कमाण्डरको सम्पूर्ण रुपमा आलोचना गर्नु न्यायसंगत छ?' उनले प्रश्न गरे। 

    उनले अहिले आफुले दलदलमा फसेको सेनालाई बाहिर निकाल्ने प्रयास गरिरहेको बताए। 'दलदलभित्रै सबै सेना डुबेर सिध्धियोस् भन्ने पक्कै पनि माइनिङ थापेर बस्नेहरुले सोच्नु अस्वभाविक होइन। कमाण्डरले बाटो छलेर लाँदा सखाप त पार्न सकिएन, दलदलमै डुबाउन प्रयत्न गरेको र कमाण्डर र सेना निक्लिन मेहनत गरेको पाटोको मनोवैज्ञानिक पक्षको मुल्याङ्कन नगर्ने हो भने एकांकी ढंगले नेतृत्वको मुल्याङ्कन गर्नु बैज्ञानिक हुँदैन।'

    प्रचण्डले दलदलमा फस्दा आफुहरुको शरीरभरी हिलो लागेको र त्यसलाई पखाल्ने प्रयत्न भइरहेको पनि बताए। सुन्नुस् अडियोः 

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]