समाज

थाहाखबर डटकम सार्वजनिक

फोटो : दीपक केसी
असार ७, २०७३

    काठमाडौं : थाहा मिडिया ग्रुपद्वारा सञ्चालित अनलाइन समाचार पोर्टल थाहाखबर डटकम सार्वजनिक भएको छ। मंगलबार आयोजित कार्यक्रममा थाहा मिडिया ग्रुपकी अध्यक्ष अस्मिता सुमार्गीले थाहाखबर डटकमको सुभारम्भ गरिन्।  

    थाहा अभियानका सुरुवातकर्ता रुपचन्द्र विष्टको १७ औँ स्मृति दिवसको अवसर पारेर थाहाखबर सार्वजनिक गरिएको हो। थाहा मिडिया ग्रुपका सल्लाहकार अजेयराज सुमार्गीले थाहाको नयाँ सदस्यको रुपमा अनलाइन सुरु गरिएको बताए। उनले छिट्टै टेलिभिजन पनि सुरु गर्ने जानकारी दिए। थाहा अभियन्ता रुपचन्द्र बिष्टको स्मृति र सम्मानमा मिडिया क्षेत्रमा हात हाल्न पाएकोमा उनले खुसी व्यक्त गरे। थाहा सञ्चार नेटवर्कले मुलुकभर आफ्नो लोकप्रियता विस्तार गरेको उल्लेख गर्दै उनले थाहाखबरले पनि छिट्टै सफलता चुम्नेमा आफू विश्वस्त रहेको बताए। 

    थाहाखबर डटकमका प्रधान सम्पादक तीर्थ कोइरालाले अबको दुनियाँ सूचना प्रविधिको भएकाले अनलाइन पत्रकारिता निर्विकल्प रहेको बताए। उनले पत्रकारिताको लामो समय छापा माध्यम र केही समय रेडियो र टेलिभिजनमा काम गरेपनि अनलाइन आफ्ना लागि पनि नयाँ माध्यम भएको बताए। 

    थाहाखबर डटकमका सम्पादक अर्जुन खड्काले आफूहरुको पहिलो प्राथमिकता छिटो सूचना दिने नै रहेको बताए। 'छिटो खबर दिने र विश्लेषणात्मक समाचार दिने मिक्स्ड खालको अनलाइन हुनेछ' उनले भने 'तर छिटो खबर दिने नाममा गलत समाचार दिने र पाठकलाई भ्रममा पार्ने काम हामी गर्दैनौं।' उनले अनलाइनमार्फत समाचारसँगै अडियो, भिडियो जस्ता सामग्रीहरु पनि प्रस्तुत गर्ने बताए। खड्काले पाठकको सुझावको आधारमा अनलाइनमा अन्य फिचरहरु थप्दै जाने पनि जानकारी दिए।  

    थाहाखबर डटकमको औपचारिक उद्घाटन भने असार १५ गते हुनेछ। थाहा मिडिया ग्रुपले यसअघि हेटौंडा र काठमाडौंमा रेडियो थाहा सञ्चार सञ्चालन गर्दै आएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]