बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
दुईको मृत्यु, धनगढीमा सात सय घर डुबानमा
काठमाडौं- आज विहानैदेखि देशका अधिकाशं भागमा बर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार देशको पूर्वी र पश्चिमी भागमा बर्षात् हुने र मध्य क्षेत्रमा कतिपय भागमा पानी परेको जनाएको छ ।
शाखाका अनुसार मुलुकको पूर्वी भागमा आज राति पनि पानी पर्ने र यो बदली पश्चिमतर्फ सर्दै जानेछ ।
झापाको निर्माणाधीन मेची पुलमा पानीको सतह बढेको छ । (फोटो : आर खनाल)
बर्षाले झापाको दमकलगायतका स्थानमा जनजीवन प्रभावित गरेको छ ।
यसैबीच, मंगलबार बिहान भएको वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्रका कतिपय वडा जलमग्न भएका छन् ।
वर्षासँगै पानीको निकास हुन नसक्दा वडा १, २, ३, ४, ५ का कतिपय टोलमा दुई/तीन फिटसम्म पानी जमेको छ । वडा ३ विशालनगर टोलका सात घर डुबानमा पर्दा घरपरिवारलाई आवागमनमा समस्या भएको छ ।
वर्षाको पानीको उचित निकासको व्यवस्था नहुँदा वर्षायाममा उपमहानगरका अधिकांश वडा डुबानमा पर्ने गरेका छन् । वर्षासँगै कैलाली जिविस, जिल्ला पशुसेवा कार्यालय, नेपाल टेलिकम लगायत कार्यालय परिसरमा पनि दुई/तीन फिट पानी जमेको छ । वर्षासँगै कैलालीका किसान भने धान रोपाइँमा लागेका छन् ।
उता, सामान्य वर्षात्सँगै नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन नपाउँदै भालुढुङ्गामा पहिरो खसेपछि आवागमन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।
मुग्लिनबाट चारकिलो नारायणगढतर्फ चन्डिभन्ज्याङ–५ स्थित चार किलो भन्ने ठाउँमा सडकमाथिबाट मंगलबार बिहान साढे ७ बजे पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । मध्याह्न १२ बजे मुग्लिनबाट नौ किमीमा पर्ने भालुढुङ्गामा पहिरो खसेपछि सो स्थानमा पनि सडक एकतर्फी मात्र सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।