समाज

नक्कली सर्टिफिकेट आरोपमा प्रहरीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

फोटोः ciaa.gov.np
असार ७, २०७३

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा प्रहरीविरुद्ध आरोपपत्र दायर गरेको छ। 

    आयोगले प्रहरी हबल्दार भीमसेन बस्नेतले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मंगलबार आरोपपत्र दायर गरेको हो। 

    प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्यरत प्रहरी हबल्दार बस्नेतविरुद्ध कानुनबमोजिमको सजाय माग दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगले विज्ञप्तिमार्फत जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]