विश्व

फिलिपिन्समा शान्ति वार्ताको तयारी

असार ७, २०७३

    मनिला- फिलिपिन्समा सरकार र लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएको कम्युनिस्ट विद्रोहीबीच शान्ति वार्ताको हुने भएको छ ।
    अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार सरकारले वार्ता गर्ने जानकारी गतको साता नै दिएको थियो । त्यसयता सरकारी र विद्रोही दुवै पक्षले वार्ताको तयारी गरिरहेका छन् । 

    शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेका व्यक्तिले मङ्गलबार पत्रकार सम्मेलनमार्फत फिलिपिन्सका कम्युनिष्ट विद्रोहीसँग सरकारले शान्ति वार्ता गर्न लागेको र त्यसका लागि तयारी जारी रहेको बताएका हुन् । वार्ता आगामी जुलाई महिनामा हुने जानकारी दिइएको छ ।
    यसअघि सन् २०१३ मा आयोजना गरिएको शान्तिवार्ता विना निष्कर्ष टुंगिएको थियो । त्यसपछि यी दुई पक्षबीच वार्ता सुरु गर्न सकिएको थिएन । नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले सो वार्तालाई पुनः सुरु गर्ने बताएका थिए ।
    राष्ट्रपति डुटेर्ते सत्तामा आएपछि शान्तिवार्ताका लागि पहल सुरु गरेका थिए । त्यसपछि दुवै पक्षबाट वार्ता टोली पनि गठन गरिएको थियो । 
    दुवै वार्ता टोलीद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा आगामी वार्ता जुलाईको तेस्रो साता हुने र त्यसका लागि संयुक्त रुपमा वार्ताको तयारीका काम भइरहेको बताइएको छ । 
    फिलिपिन्सको हिंसात्मक बिद्रोह एसियाकै सबैभन्दा पुरानो हो । दशकौँदेखि जारी सो विद्रोहमा परी दशौँ हजार व्यक्तिको ज्यान गएको छ । तर पटक पटकका यसअघिका यस्ता शान्ति वार्ताहरु सफल हुन भने सकेका छैनन् । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]