समाज

मकवानपुरका दुई विद्यालयमा बाली विज्ञान र इन्जिनियरिङ पढाई हुने

असार ७, २०७३

    हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिका र आग्रामा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा अन्तरर्गत २ विषयको उद्घाटन गरेका छन्। थाहाको जनकल्याण उच्च मावि र आग्राको सुन्दरीदेवी माविमा सञ्चालन हुन लागेको बाली विज्ञान र सिभिल इन्जिनियरिङ विषयको उद्घाटन गरेका हुन्।

    एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय सरकारी नीति अन्तर्गत जनकल्याणमा वाली विज्ञान र सुन्दरीदेवीमा सिभिल इन्जिनियरिङ विषयको पढाई हुन लागेको हो।

    गाउँमा नै प्राविधिक विषयको पढाई हुने भएपछि स्थानीय अभिभावक खुशी भएका छन्। त्यसैगरी विद्यालयले आज नै दुई व्यक्तित्वलाई सम्मान गरेको छ। भूकम्प पश्चात क्षतिग्रस्त विद्यालयको भवन व्यवस्थापनमा सहयोग गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष बलराम बल र देवेन्द्र बस्नेतलाई सम्मान गरेको हो।

    रुपचन्द्रको विष्टको स्मृतिमा वृक्षारोपण

    थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टको १७ औं पुण्य तिथिमा मकवानपुरमा बिभिन्न कार्यक्रम गरिएको छ। थाहा नगरपालिकाले वडा नम्बर ७ मा रहेको रुपचन्द्र विष्ट स्मृति भवन वरीपरी वृक्षारोपण गरेको छ। त्यस्तै सांसद सदस्य तथा रुपचन्द्र विष्ट स्मारक केन्द्रीय समितिका अध्यक्ष रामनारायण विडारीले विष्टको शालिकमा माल्यार्पण गरेका छन्। उनले रुपचन्द्र विष्टको दर्शनलाई विश्वमा चिनाउनुपर्ने र हामी सबैले बुझ्नुपर्ने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]