समाज

१३ दिनदेखि १२ वर्षीय बालक बेपत्ता

असार ८, २०७३

    फलेवास (पर्वत) : पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ कटुवाचौपारिका एक बालक विगत १३ दिनदेखि बेपत्ता भएका छन्। 

    स्थानीय सार्वजनिक माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय बालक सुभम लामिछाने (बिमल) १२ दिनदेखि बेपत्ता भएका हुन्। गत जेठ २८ गते बिहानै घरबाट निस्किएका लामिछाने अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमा मञ्जु लामिछानेले जानकारी दिइन्। ‘बिहान उठेर घरबाट बाहिर निस्किएको थियो। अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी गर्‍यौँ तर केही पत्तो लागेन’, मञ्जुले भनिन्।  

    बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिए तापनि अहिलेसम्म केही पत्ता नलागेको उनको भनाइ छ। बेपत्ता भएका आफ्ना छोराको खोजी गरिदिन उनले आग्रह गरेकी छन्।

    जिल्ला प्रहरी कार्यालय पर्वतले बेपत्ता बालकको हुलियासहित खोजी कार्य जारी राखिएको र अहिलेसम्म कहीँबाट कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]