काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तयारी
काठमाडौं : व्यवस्थापिका संसदको गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दल सहमति नजिक पुगेका छन्। मंगलबार साँझ संसद भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ र प्रमुख प्रतिपक्षी कांग्रेसको कार्यदलसहित शीर्ष नेताहरु आआफ्नो अडानबाट पछि हटेर सहमतिनजिक पुगेका हुन्।
बैठकपछि नेपाली कांगेसका नेता डा. प्रकाशरण महतले सरकार ठोस रुपमा आएमा दुई किस्तामा दिँदा फरक नपर्ने धारणा राखेको थाहाखबरलाई जानकारी दिए। उनले पहिलो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिन कांग्रेस सहमत हुने बताए। तर, बुधबार बिहान फेरि बैठक बसेर सहमतिमा पुग्ने नेता महतले बताए।
उनले भने- ‘सरकारले सहमतिको बाटो पहिल्याउने हो भने, ठोस रुपमा आउनुपर्छ, एकमुष्ठ दिँदा बजेटको सिलिङ लगायतको समस्या पर्छ भने हामी दुई किस्तामा दिँदा सहमत हुन्छौं।’
यस्तै सत्तारुढ राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले लगभग सहमतिमा पुगेको जानकारी दिए। उनले बुधबार ११ बजेको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेगरी बिहान कांग्रेसका केही नेतासहित बैठक बसेर टुंग्याउने समझदारी बनेको बताए। उनले दातृ संस्थाहरुको मनसायको विपरीत जान नसक्ने कुरामा सत्तारुढ दलहरु स्पष्ट रहेको बताए।
यसैबीच, प्रमुख दलहरुले सहमति गर्न ढिलाई गरेपछि व्यवस्थापिका संसदको मंगलबार बेलुकीको बैठक पनि स्थगित भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।