काठमाडौं : माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुईज्यूको पार्टीले संसदीय निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको छ। यसअघि संसदमा अल्पमतम...
काठमाडौं : टर्कीको राजधानी स्तानबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती हमलामा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा ९० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
युरोपकै व्यस्तमध्येको आटुटर्क अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार राति भएको हमलामा तीन जना आतंकवादीको संलग्नता रहेको अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ।
टर्कीका प्रधानमन्त्री बिनाली युलदरमले हमलामा आतंकवादी संगठन आइएसको संलग्नता रहेको संकेत मिलेको बताएका छन्।
सामाजिक सञ्जालमा आएको एक भिडियो फुटेजमा एउटा आक्रमणकारी प्रहरीको गोली लागेपछि भूइँमा लडेको र उसले आत्मघाती भेस्ट विस्फोट गराएको जस्तो देखिएको समाचारमा जनाइएको छ।
हमलापछि विमानहरु अवतरण गर्न दिइए पनि अन्य उडान भने बन्द गरिएको छ। टर्कीको राजधानी स्तानबुल पछिल्लो समय आतंकवादी संगठन आइएस र कुर्द चरमपन्थीको निशानामा पर्दै आइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।