समाज

दुर्घटना गराउने ड्राइभरलाई २ वर्ष कैद

असार १५, २०७३

    तम्घास (गुल्मी) :  जिल्ला अदालत गुल्मीले लापरबाही गरी बस दुर्घटना गराउने बसचालक पाल्पा अर्गली–२ निवासी २५ वर्षीय श्रीधर पाण्डेयलाई दुई वर्षको कैद सजायको फैसला गरेको छ। 

    बस चालक पाण्डेले नौ महिनाअघि रेसुङ्गा नगरपालिका–१४ अन्तर्गत बुटलबाट तम्घास आउने क्रममा उर्लेनीमा लापरबाही तरिकाले बस दुर्घटना गराएको अभियोगमा पक्राउ परेका थिए। उनलाई जिल्ला अदालत गुल्मीका न्यायाधीश मातृकाप्रसाद मरासिनीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) बमोजिम दुई वर्ष कैदको फैसला गरेका हुन्। 

    पाँच जनाको ज्यान जानेगरी भएको उक्त दुर्घटनामा लापरबाहीको अभियोग लागेका पाण्डेयलाई प्रहरी आफैले तीव्र गति भनी दिएको बयान, भिडियो रेकर्ड, सडक दुर्घटनाको अवस्था, प्रत्यक्षदर्शी र घाइतेको भनाइका आधारमा उक्त फैसला गरेको न्यायाधीश मरासिनीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]