काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
संविधानका मिल्न बाँकी विषय चाँडै समाधान भएर जाने विश्वास भारतले लिएको छ ।
काठमाडौं- भारतले संविधानसभाबाट जारी नेपालको संविधानलाई घुमाउरो शैलीमा आत्मसात गरेको छ। भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको दुई बर्षे कार्यकालमा भएका प्रगतिको फेहरिस्त प्रस्तुत गर्दै नेपालको संविधानले बहुदलीय संवैधानिक लोकतन्त्र सुदृढ भएको उल्लेख गरेको हो।
नयाँ संविधान जारी भएपछि असन्तुष्ट भारतले ५ महिना लामो नाकाबन्दी गरेको थियो। 'नयाँ संविधान अनुमोदन भएबाट नेपालको बहुदलीय संवैधानिक लोकतन्त्र सुदृढ हुनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ', भारतीय विदेश मन्त्रालयले निकालेको 'म्यापिङ न्यु फ्रन्टियर्स टु इयर्स अफ पाथ ब्रेकिङ डिप्लोमेसी' नामक दस्तावेजको नेपाल च्याप्टरमा उल्लेख छ।
उसले संविधानका केही विषय मिल्न बाँकी रहेको पनि जनाएको छ। संविधानका मिल्न बाँकी विषय चाँडै समाधान भएर जाने विश्वास भारतले लिएको छ।
दस्तावेजमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको पनि जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।