काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
विश्वबैंकसँग छलफलपछिमात्रै सरकार र प्रतिपक्षबीच वार
काठमाडौं- भूकम्पपीडितलाई सहायता वितरणबारे सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विवादमा विश्वबैंक जोडिन पुगेको छ। भूकम्पपीडितलाई सहायता दिने चार किस्तामा दिने कार्यविधि विश्वबैंकसमेतको संलग्नतामा बनाइएकोमा त्यसलाई परिवर्तन गर्न उसँग परामर्श गर्नुपर्ने भएको हो।
विश्वबैंकले पत्र नै पठाएर कार्यविधि परिवर्तन गरेमा आफ्नो सहायता फिर्ता लैजाने चेतावनी दिएको सरकारको दाबी छ। रक्षामन्त्री भीम रावल, एमाले नेता सुवास नेम्वाङलगायतको टोलीले बुधबार विश्वबैंकसँग छलफल गरेपछिमात्र सरकार र प्रतिपक्षी कांग्रेसबीच वार्ता हुने राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए।
२०७२ असोज २२ मा सुशील कोइराला नेतृत्वको सरकारले भूकम्पपीडितका लागि निजी आवास सम्बन्धी कार्यविधि बनाएको थियो। त्यसमा चार किस्तामा दुई लाख रुपैयाँ अनुदान दिने उल्लेख छ । अघिल्लो सरकारले बनाएको कार्यविधिलाई पालनामात्र गरेको तर्क सरकारले गर्दै आएको थियो।
पीडितलाई दिने अनुदान बृद्धि तथा एकमुष्ट अनुदानलगायतका माग राखी प्रमुख प्रतिपक्षी कांग्रेसले चार दिनदेखि संसद अवरोध गर्दै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।