काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा एउटा प्रतियोगितामा ५२३ को रेकर्ड बनेको छ। गएराति भएको ख...
डेनमार्क : भूकम्प पीडित बालबालिकाको सहयोगका लागि डेनमार्कको कोपनहेगनमा नेपाली समुदायले भलिबल प्रतियोगिता गरेका छन्।
प्रवासी नेपाली मञ्च डेनमार्कको आयोजनामा भएको प्रतियोगितामा पुरुष तर्फ आयोजक ओएनएफ प्रथम, युनिटी क्लब दोस्रो र बेलाहोए क्सासीक तेस्रो भएको मञ्चका डेनमार्कका अध्यक्ष कृष्ण पौडेलले बताए। महिला तर्फ भने मगर समाज डेनमार्क पहिलो, क्रियटिभ नेप्लिज वुमन दोस्रो र बेलाहोए क्लासिसले तेस्रो स्थान हासिल गरेका छन्।
प्रतियोगितामा ओएनएफका ओम राना र मगर समाज डेनमार्ककी लक्ष्मी बुदुजा उत्कृष्ट खेलाडी घोषित भए। बेलाहोए क्लासिकका क्याप्टेन कृष्णबहादुर केसी र क्रिएटिभ वुमन टिमकी निरा थापा उत्कृष्ट स्पाइकर घोषित भएका छन्। त्यस्तै बेलाहोए क्लासिकका द्रोण क्षेत्री, महिला तर्फ मगर समाज डेनमार्ककी प्रेरणा पुन उत्कृष्ट सटरमा पुरस्कृत भए। जेएसएस डेनमार्क र सगरमाथा महिला टिमले अनुशासित टिमको पुरस्कार प्राप्त गरे।
विजयी टिम तथा खेलाडीलाई डेनिस सोसल डेमोक्रेटिक पार्टीका सांसद लर्स अस्लन रस्मुस्सेन, कार्यवहाक नेपाली राजदूत रामकाजी खड्का, नेपाली राजदूतावास बर्लिनकी रुनुनु चापागाई, एनआरएन आइसीसी सदस्य एवं नेपाल पर्यटन बोर्डका जनसम्पर्क प्रतिनिधि सोमनाथ सापकोटा, एनआरएन डेनमार्कका अध्यक्ष दीपेन्द्र चुडाल लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।