राजनीति

प्रधानमन्त्री ओलीले लोककथा सुनाएर कांग्रेसलाई के सिकाए पाठ?

फोटो : दीपक केसी
असार १६, २०७३

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको सम्मानमा उदासिनता देखाएकोमा आफू आश्चर्यमा परेको बताएका छन्।

    काठमाडौंमा बिहीबार  कोइरालाको ९३ औं जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा उनले भने ‘जुन नेपाली कांग्रेस बनाउन गिरिजाप्रसाद कोइरालको पसिना बगेको छ,  जिन्दगी समर्पित भएको छ। कांग्रेसको रुपमा चिनिन गिरिजाप्रसादको असाधारण योगदान छ। यहाँ नेपाली कांग्रेसको उदासिनता अनौठो लागेको छ।’

    उनले कांग्रेसका नेताहरुलाई पुरानो नेपाली लोककथा सुनाएर अग्रजको सम्मान गर्न सचेत गराए। ‘बाजेलाई ओढारमा छोडेपछि डोको त लिएरै जानुपर्ला बा भन्दा बाबुले बाउलाई त ओढारमा छोडिसक्यौं  किन डोको चाहियो भन्छ। अनि छोराले पछि बुढो भएपछि तपाईलाई पुर्‍याउन चाहिएला नि भन्छ!’ उनले सुनाए।

    ओलीले नेपाल र नेपालीका लागि सिंगो जीवन अर्पण गर्ने नेताहरुप्रति आदर भाव प्रकट गर्नुपर्ने बताए। उनले भने ‘उहाँहरुका राम्रा गुणहरुबाट सिक्न कुनै कन्जुस्याँई गर्न हुदैन।’

    कार्यक्रममा नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेस सिध्याउन पार्टीभित्रै खेल भइरहेको बताए। उनले भने ‘प्रधानमन्त्रीले डोकोको कथा हाल्दा तपाईंहरु हाँस्नुभयो, तर मलाई एउटा सन्दर्भ याद आयो। डोकोको सन्दर्भमा गिरिजाबाबु भन्नुहुन्थ्यो त्यो एउटा ग्रान्ड डिजाइन छ भन्नु हुन्थ्यो, त्यो ग्रान्ड डिजाइनले एकएक गरेर नेपाली कांगेसलाई नेताविहीन बनाउने, अनि नेपाली कांग्रेसलाई सिध्याउने र लोकतन्त्रलाई पनि सिध्याउने भनेर गिरिजाबाबुले भन्नुहुन्थ्यो।’

    उनले उक्त ग्रान्ड डिजाइन के हो प्रष्ट नभनेपनि त्यसलाई विफल पार्न कांग्रेसका कार्यकर्ताले  त्यसका पात्र, खलपात्रहरुको खोजी गर्नुपर्ने बताए।  उनले भने ‘गिरिजाबाबुलाई स्मरण गर्ने हो भने त्यो ग्रान्ड डिजाइन के हो पत्ता लगाउनु पर्छ र सम्मान गर्ने हो भने म त्यो ग्रान्ड डिजाइन विरुद्ध लड्छु भन्ने आँट गर्नुपर्छ।’

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • First Boy

    bigyan ra prabidhi ko home tab hunu parne.....khoi ta? info about Technology is mandatory. :)

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]