समाज

नक्कली प्रमाणपत्रधारी २८ चिकित्सकविरुद्ध ठगीको मुद्दा दायर

सबैजसो धरौटीमा छुट्दै

असार १९, २०७३

    काठमाडौं- नक्कली सर्टिफिकेट पेश गरेर चिकित्सक बनेको आरोपमा पक्राउ गरिएका २८ जनाविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आइतबार ठगीको अभियोगमा दायर दायर गरेको छ।
    ब्यूरोले पछिल्लो समयमा अनुसन्धानका लागि माग गरेको १५ दिनको समयमा आज सबै चिकित्सकविरुद्ध मुद्दा दायर गरेको हो। पक्राउ परेका चिकित्सक कार्यरत जिल्ला अदालतमा ठगी सम्बन्धी मुद्दामा दायर गरिएको हो। पक्राउ परेका चिकित्सकको काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, झापा, जनकपुर, धुनषा, वीरगन्ज, चितवन, दाङ, लम्जुङ र कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। मुद्दामा हदैसम्मको कारवाही माग गरिएको सीआईबी प्रमुख नवराज सिलवालले जानकारी दिनुभयो।

    सीआईबिले नक्कली चिकित्सकको आरोपमा पक्राउ परेका कान्तिपुर डेण्टल हस्पिटलका प्रमुख बुद्धिमान श्रेष्ठलाई ४० लाख ठगी गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको। यस्तै त्रिपुरेश्वर स्थित लोकहीत डेण्टल हस्पिटलका डा. गणेश शाहविरुद्ध ११ लाख १३ हजारको बिगो कायम गरिएको छ ।
    बीएण्डबी अस्पतालका डाक्टर अरुणकुमार गुप्ता र बिनिता मण्डलविरुद्ध पनि मुद्दा दायर गरिएको छ। काठमाडौंबाट पक्राउ परेका ८ जना चिकित्सकलाई हिरासतमा राखी अनुसन्धान गर्न ३ दिनको म्याद थपिएको छ।
    सीआईबीले आइतबार नै ललितपुरमा २ जना विरुद्ध आरोपपत्र दायर थियो। किष्ट मेडिकल कलेजका डा. दिपेश पौडेलसँग साढे ६ लाख बिगो मागदाबी गरिएको छ भने परिवार नियोजन संघ ललितपुरका डा. गजानन्दप्रकाश अधिकारीविरुद्ध साढे ४२ लाखको बिगो कायम गरी ठगीको मुद्दा दायर गरिएको छ। निजहरु आइतबारनै थुनछेक बहसपछि जनही ५० हजार धरौटीमा  रिहा भएका छन्।
    नक्कली प्रमाणपत्रकै आरोपमा विराटनगरबाट पक्राउ परेका ३ जना चिकित्सकलाई जिल्ला अदालत मोरङले धरौटीमा छाडन आदेश दिएको छ। अदालतले डा. लिली राजवंशीलाई ३५ लाख, डा. संजयकुमार दासलाई २३ लाख ९० हजार र डा. अवुल कलामलाई १३ लाख घरौटीमा छोड्ने आदेश दिएको हो। यस्तै डा. जावेद अख्तर अन्सारीलाई ५० हजार धरौटीमा छुटेका  छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]