खेलकुद

आइसल्याण्ड विरुद्ध रवाफिलो जित निकाल्दै फ्रान्स युरोकपको सेमिफाइनलमा

असार २०, २०७३

    काठमाडौं : सोमबार बिहान सम्पन्न यूरोकप २०१६ को अन्तिम क्वाटरफाईनलमा नवप्रवेशी आइसल्याण्डलाई ५–२ गोलअन्तरले पराजित गर्दै आयोजक फ्रान्स सेमिफाईनलमा प्रवेश गरेको छ । पेरिसको स्टेड डे फ्रान्समा भएको खेलमा यस अघिका खेलमा जाईन्ट किलरको छवि बनाएको आईसल्यान्ड फ्रान्स विरूद्वको खेलमा भने निरिह देखिएको थियो । 

    खेल सुरु भएको पहिलो १० मिनेट भित्रै आयोजक फ्रान्सले केही अवसरहरुको श्रृजना गर्दा आईसल्यान्डले पनि २ पटकसम्म फ्रान्सको पोष्टमा आक्रमण गरेको थियो । 

    सुरुमा जाईन्ट किलरको छवी बनाएको आईसल्यान्ड विरुद्ध केही जोगिएर खेलेको जस्तो देखिने आयोजक फ्रान्सले खेलको १२ औँ मिनेटमा भने अग्रता बनायो । यसपटक उसका स्ट्राइकर ओलिभर जिरुडले डिबक्सको बायाँ भागबाट प्रहार गरेको शक्तिशाली लेफ्ट फुटेट सटले आईसल्यान्डका गोलकिपरलाई कुनै मौकानै नदिईकन जाली चुम्न पुग्दा १–० को अग्रता बनाएको थियो । 

    लगत्तै खेलको १९ औँ मिनेटमा फ्रान्सले अग्रता दोब्बर बनायो । एन्टोनी ग्रिजम्यानले मैदानको दायाँ कर्नरबाट उपलब्ध गराईदिएको पासमा उत्कृष्ट हेड गर्दै उसका युवा मिडफिल्डर पाउलो पोग्बाले गोल गर्दा आयोजकले नवप्रवेशी आईसल्यान्ड विरुद्ध २–० को अग्रता बनायो । 

    २ गोलले पछि परेपछि पनि आईसल्यान्डले गोलको लागि केही अवसरहरु श्रृजना गरेको थियो। २६ औँ मिनेटमा डिबक्स भित्र पाएको सुन्दर मौकामा कोल्बेन चुक्दा गोलअन्तर घटाउने सुन्दर अवसर गुमाएको थियो । 

    पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहेको अवस्था फ्रान्सले अग्रता तेब्बर बनायो । यसपटक भने डिमिट्र पायट दृश्यमा आए । एन्टोनी ग्रिजम्यानले उपलब्ध गराईदिएको पासमा डिबक्स भन्दा केही बाहिरबाट प्रहार गरेको लेफ्ट फुटेट सटमा गोलमा परिणत भयो भने त्यसको २ मिनेट पछिनै ग्रिजम्यानले वान भर्सेस वानको अवस्थामा गोल गर्दै पहिलो हाफमा फ्रान्सलाई ४–० को अग्रता दिलाए। 

    तर, दोश्रो हाफमा भने आईसल्यान्डले केही सुधारिएको खेल प्रदर्शन गर्‍यो । फलस्वरुप ५६औँ मिनेटमा सिग्थोरसनले गोल पोष्टको नजिकै प्राप्त बललाई सही दिशा दिँदा खेल ४–१ स्थितीमा आयो । तर, ५९ औँ मिनेटमा फ्रान्सका ओलिभर जिरुडले टीमका लागि पाँचौ र व्यक्तिगत दोश्रो गोल गर्न पुगे । पायटले डिबक्स भित्र उपलब्ध गराईदिएको बललाई उनले पोष्टको दिशा दिँदा स्कोरलाइन फ्रान्सको पक्षमा ५–१ को स्थितीमा पुग्यो । 

    खेलको अन्त्यतिर आईसल्यान्डले पुनः एक गोल फर्कायो । यसपटक उसका लागि खेलको ८४औँ मिनेटमा बज्रानसनले हेडर मार्फत गोल गरे र टीमलाई ५–२ को स्थितीमा पुर्‍याए । 

    तर, त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा आयोजक फ्रान्स ५–२ गोलको जीत आत्मसात गर्दै सेमिफाइनलको यात्रा तय गर्‍यो ।

    यसअघिको खेलहरुमा उत्कृष्ट खेल देखाउँदै क्वाटरफाईनलसम्मको यात्रा गरेको नवप्रवेशी आईसल्यान्ड आयोजक फ्रान्स विरुद्व भने निकै फितलो देखिएको थियो । तथापी आफ्नो सहभागीतामा नै क्वाटरफाईनलसम्मको यात्रा गर्दा उसले धेरै फुटबल प्रेमीको मन जितेको थियो । 

    फाईनल प्रवेशका लागि आयोजक फ्रान्सले जुलाई ९ मा विश्व विजेता जर्मनीको सामना गर्नेछ । 

नवराज दुवाडी

नवराज दुवाडी थाहाखबरका खेल संवाददाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]