विज्ञान प्रविधि

अन्तरिक्ष यान जुनो वृहस्पतिमा पुग्दै

असार २०, २०७३

    काठमाडौँ : नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वुहस्पतिमा पठाएको अन्तरिक्षयान जुनो आज आफ्नो गन्तव्यमा पुग्ने भएको छ । सौर्य उर्जाबाट चल्ने उक्त अन्तरिक्ष यान जुनो करिब ५ वर्षको यात्रापछि वृहस्पतिमा पुग्न लागेको हो । 

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दिएको जानकारी अनुसार अन्तरिक्ष यान जुनो प्यासिफिक डेलाइट टाइम(पीडीटी)का अनुसार आज साँझ ९ बजे वृहस्पतिमा पुग्नेछ । गन्तव्यमा पुगेपछि जुनोले वृहस्पतिको कक्षको परिक्रमा सुरू गर्नेछ ।

    अन्तरिक्ष यान जुनो वृहस्पतिको नजिकै पुग्न लाग्दा नासाले जुनो एक भिडियो सार्वजनिक गरेको छ । भिडियोमा जुनोको ३६० डिग्रीको भिडियो सार्वजनिक गरेको हो ।

    भिडियोमा नासाले वृहस्पति, अन्तरिक्षयान र आफ्नो उदेश्यको विषयमा जानकारी दिँदै वृहस्पतिको तथ्यबारे जानकारी हासिल गर्न सकिने जनाएको छ । नासाका अनुसार जुनो वृहस्पतिको कक्षमा २० महिना रहने र सो अवधीमा वृहस्पतिको कक्षमा ३७ पटक परिक्रमा गर्नेछ । 

    नासाका अनुसार जुनो वृहस्पतिको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान हो र यसले वृहस्पतिमा रहेको रहस्यलाई बाहिर ल्याउने छ, साथै यसको बनावट, बाहिरी सतह तथा म्याग्नेटिक फिल्डका बारेमा समेत जानकारी हासिल गर्न सकिनेछ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]