खेलकुद

मेसीले सन्यास फिर्ता लिने!

Photo : twitter.com/messi10stats
असार २०, २०७३

    कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी शुटआउटमा पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका अर्जेन्टिनी स्टार लियोनेल मेसीले सन्यास फिर्ता लिने भएका छन्। 

    अर्जेन्टिनाको एक मुख्य पत्रिका 'ला नेसियन'ले २९ वर्षीय मेसीले सन्यास फिर्ता लिने मन बनाएको उल्लेख गरेको छ। पत्रिकाले मेसीसँग नजिक रहेका धेरैजनासँगको कुराकानी गरेको र त्यसबाट उनले आगामी नोभेम्बरदेखि टोलीमा फिर्ता आउने सम्भावना देखिएको दावी गरेको छ। 

    मेसीले रसियामा हुने विश्वकप फुटबलका लागि छनोट चरणका खेलहरूमा खेल्ने सम्भावना बढेको भन्दै पत्रिकाले समाचार प्रकाशित गरेको छ। 

    पत्रिकाले समाचारमा मेसीका नजिक रहेका भनिएका केही व्यक्तिहरूको भनाई समेत प्रकाशित गरेको छ। समाचारमा अर्जेन्टिनाका राष्ट्रपतिदेखि हरेक अर्जेन्टिनी नागरिकले मेसीले अर्जेन्टिनाका लागि खेलेको हेर्न चाहेको उल्लेख गरिएको छ।

    केही व्यक्तिको आलोचनाबाहेक अन्य सबैले मेसीलाई खेलमा फर्कनका लागि आग्रह गरिरहेका छन् र मेसीले पनि खेलमा फर्कन सक्ने सम्भावनाबारे आफन्तहरूसँग कुरा गरेको दावी पत्रिकाले गरेको छ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]