Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

दिलमान पाख्रिन
धादिङ-२/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ५६ -
प्राप्त मत ३५६१४
लिङ्ग पुरुष
हालको पद महासमिति सदस्य
शैक्षिक योग्यता: स्नातकोत्तर
अन्य विवरण:

वि.सं. २०१८ मा जन्मिएका पाख्रिन कांग्रेस धादिङका चर्चित नेता दामन पाख्रिनका छोरा हुन्। खनियाबास गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा पाख्रिन हाल कांग्रेसको महासमिति सदसय छन्। उनले ग्रामीण विकासमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। उनी निर्माण व्यवसायीसमेत हुन्।

राजनीतिक परिवारमा हुर्किएका पाख्रिन सानै उमेरदेखि राजनीतिमा चासो राख्थे। यद्यपि उनले पार्टीको सक्रिय राजनीति भने २०५१ सालबाट सुरु गरेका हुन्। २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फबाट सभासदमा निर्वाचित पाख्रिन हाल कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्