Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

रामचन्द्र पौडेल
तनहुँ-१/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ७३ -
प्राप्त मत २७६९०
लिङ्ग पुरुष
हालको पद वरिष्ठ नेता
शैक्षिक योग्यता: स्‍नाकोत्तर
अन्य विवरण:

नेपाली कांग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेल विस २००१ साल असोजमा साविकको रिस्ती गाविस २ वाहुनपोखरा जन्मिएका हुन्। बाबु दुर्गा प्रसाद पौडेल र आमा ऋषिमाया पौडेलका छोरा उनी व्यास नगरपालिका– २ अमरापुरीका स्थायी विसिन्दा हुन्। उनी हाल काठमाडौं महानरपालिका–१६ वालाजु हाईटमा बस्दै आएका छन्। एक छोरा र चार छोरी भएका पौडेलले  स्‍नाकोत्तर सम्मको अध्‍य गरेका छन्।  २०१८ साल देखि राजनीतिमा सक्रिय भएका उनी २०६२ सालसम्म पटक पटक गरी १५ वर्ष सम्म बन्दी जीवन विताएका छन्। पौडेलले प्रजातान्त्रिक समाजवाद, कृषि क्रान्ति र राजनीतिक विश्लेषण सम्बन्धी ५ पुस्तक र केही गीत रचना गरेका छन्।

हालसम्म ३५ देश भ्रमण गरेका उनी वीपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि राजनीतिमा सक्रिय भएका थिए। नेपाली कांग्रेसले सञ्चालन गरेको २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । २०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए। उनी नेपाली कांग्रेसको भातृसंगठन नेविसंघको संस्थापक केन्द्रीय सदस्य हुन्। २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन्।

पौडेल २०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए। त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए। दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने। ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए। ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । ०६२ सालमा कांग्रेस महामन्त्री भए।

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि थिए । २०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए। २०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित  भएका थिए। २०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए। २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भए। पौडेल नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदको प्रत्यासी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्