Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

डा. नारायण खड्का
उदयपुर-१/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत ३३१४२
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकासमन्त्री डा. नारायण खड्काको जन्म २००५ चैत ७ गते भोजपुरमा भएको हो। उनका बुबाको नाम चित्रबहादुर खड्का र आमाको नाम धर्मकुमारी खड्का हो। २०२३ सालमा विद्यार्थी संगठनबाट राजनीतिक यात्रा थालेका खड्काले अर्थशास्त्रमा भारतको पुनेबाट विद्यावारिधि (पीएचडी) गरेका छन्।

राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षसमेत भएका खड्काले नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा सल्लाहकारका रूपमा काम गरेका थिए। ०५६ सालमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका थिए अहिलेकै भूगोलबाट। तर २०६४ सालको संविधानसभा चुनावमा उदयपुर क्षेत्र नम्बर– १ बाट विजयी भएका खड्काले १४ हजार ४६८ मत प्राप्त गरेका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत नेकपा (माओवादी) का राजन किरातीले १३ हजार २३६ मत र तेस्रो स्थानमा रहेका नेकपा एमालेका अशोककुमार राईले नौ हजार ८१० मत प्राप्त गरेका थिए। दोस्रो संविधानसभाको चुनाव २०७० मा पनि खड्का यही क्षेत्रबाट १५ हजार ३८१ मत ल्याएर विजयी भए।

तपाईको प्रतिक्रिया दिनुहोस्