|

कालिकोट : विद्यालयलाई राजनीति भन्दा टाढा राख्नुपर्ने बहस चलिरहेको बेला कालिकोटको एक बिद्यालयको ब्यवस्थापन समितिमा स्थानीय निर्वाचनकै झल्को दिने गरी चुनावको तयारी भएको छ।

सदरमुकाम मान्मको पञ्चदेवल माध्यामिक विद्यालय ब्यवस्थापन समिति चयन गर्न चारपटक अभिभावक भेला गर्दा कुरा नमिलेपछि अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दिएका ४ जनामा एमाओवादी केन्द्रका २ जना, कांग्रेस र एमाले प्यानलबाट १ जना उम्मेदवारी दिएका छन्। विद्यालयमा दलित विद्यार्थीको बाहुल्यता भएको भन्दै दलित समुदायको तर्फबाट नाने सुनारले उम्मेदवारी दिएका छन्।

माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गणेशबहादुर शाही उम्मेदवार बनेका छन्। उनका विरुद्ध माओवादी केन्द्रकै अनिपाल विकले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस र नकेपा एमालेबाट लोकुलबहादुर शाहीले उम्मेदवारी दिएका छन्।

आइतबार उम्मेदवारी दर्तापछि अभिभावकलाई आफ्नो पक्षमा पार्न जिल्लाका राजनीतिक दलहरु पनि तातेका छन्। उनीहरुले पोष्टर बनाएर प्रचार गर्ने क्रम पनि तिब्र पारेका छन्।

लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा अभिावकहरुलाई दलहरुले उचालेर विद्यालयमा चुनाव गराई आफनो शक्ति आँकलन गर्ने माध्यम बनाएको नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष हिक्मतबहादुर बिष्टले बताए। उनले भने, ‘अहिले सबै राजनीतिक दलहरुले विद्यालय ब्यवस्थापन समितिको चुनावलाई शक्ति परीक्षणको रुपमा लिएका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.