|

पर्सा : कोरोना संकटको महामारीमा समेत कारोबारीले आफ्नो कारोबारलाई रोक्दा रहेनछन् भन्ने पछिल्लो उदाहरण पर्साको वीरगन्जमा फेला परेको छ। आर्थिक नगरीका रुपमा रहेको वीरगन्जमा अवैध कारोवारीहरुले कोरोना महामारीले संकटमा पनि आफ्नो कारोवारलाई निरन्तरता दिएको पछिल्लो तथ्य सतहमा आएको हो। 

भारततर्फ जाने क्रममा बुधबार बिहान ना२ख ७३७५ नम्बरको ट्यांकरमा चोरी निकासी गर्न विभिन्न ब्राण्डको मदिरा लोड गरी भारत लाँदै गरेको तेल ट्यांकरसहित चालक र सहचालक पनि मदिरासहित पर्सामा पक्राउ परेका हुन्।

अहिलेसम्म नेपाल भारत दुवैतर्फ लकडाउन चलिरकेको छ। यो समयमा नेपाल भारत दुवै देशको सीमामा आम मानिसका लागि सहज आवागमन छैन। तथापि पेट्रोलियम पदार्थ बोक्ने तेल ट्यांकरहरुको लागि अत्यावश्यकीय पदार्थ ढुवानी गर्न छुट छ। अवैध कारोवारीले त्यसैलाई प्रयोग गरी आफ्नो कारोवार सहज ढंगले गर्दै आएको तथ्य सार्वजनिक भएको हो। 

पेट्रोलियम पदार्थ बोक्ने सवारी मात्र सीमामा वारपार गर्दै

अत्यावश्यक वस्तुअन्तर्गत पेट्रोलियम पदार्थको ढुवानीमा रोक नलगाउने भनिएको छ। त्यसैले नेपालबाट तेल ट्यांकरहरु नेपाल भारतको सीमा पार गरी रक्सौलको तेल डिपो सम्म जाने आउने गरेका छन्।  

पक्राउ पर्ने तेल ट्याँकरका चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका १६ का ४७ बर्षीय सन्दिप थिङ्ग र वडा नम्बर २१ बस्ने २२ बर्षीय राधे बुढाथोकी रहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। उनीहरुले विभिन्न ब्राण्डको मदिरा ट्यांकरको भित्र लुकाई चोरी निकासी गर्दै भारत तर्फ लाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चौकबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीले सार्वजनिक गरेको हो।   

विभिन्न चार किसिमका मदिरा चोरी निकासी

अभियुक्तहरुले ना२ख ७३७५ नम्बरको ट्यांकरमा गोल्डन ओके क्वाटर बोत्तल ४८ थान, नेपाल आइस वियर ( क्यान ) बोत्तल २४ थान, सिग्नेचर क्वाटर ३३ थान र ८८४८ भोड्का क्वाटर २८ थान मदिरा चोरी निकासी गरी भारत तर्फ लाँदै थिए पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले भने।

गलत कारोवार गर्नेले कति सम्म गर्दा रहेछन् भन्ने कुरा एम्बुलेन्समा गाँजा तस्करी, तेल ट्यांकरमा मदिरा ढुवानी जस्तो कुराले आफैँ पुष्टि गरेको उनको भनाइ छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.