|

काठमाडौं : फिल्म 'यो साइनो मायाको' निर्माण टिमले सोमबार ट्रेलर सार्वजानिक गरेको छ। फिल्म युनिटले काठमाडौंमा पत्रकार सम्मेलन गरेर ट्रेलर सार्वजानिक गरेको हो।

अरुणकुमार प्रधानको निर्देशन रहेको फिल्मलाई राम कुमार श्रेष्ठले निर्माण गरेका हुन्। फिल्ममा जतिन ताम्राकार, रेश्मा घिमिरे, नवजित राज प्रधान, किशोर भण्डारी, राजु भुजेल लगायतका कलाकारको अभिनय छ।

फिल्म पुर्ण रुपमा माया प्रेममा केन्द्रित रहेको नायक जतिनले बताए। 'संगितमा लागेको एक युवकको कथा बोकेको उक्त फिल्मले माया प्रेमलाई दर्शाउने छ। माया गर्नेहरुले हेर्नैपर्ने फिल्म बनेको छ,' उनले भने। 

कार्यक्रममा नायिका रेश्माले यस फिल्म आफ्नो करियरमा कोशेढुंगा साबित हुने विश्‍वास व्यक्त गरिन्।  निर्माता रामकुमार श्रेष्ठले 'यो साइनो मायाको २'  निर्माण गर्ने घोषणा पनि कार्यक्रममा गरे। 'फिल्म 'यो साइनो मायाको' चैत ४ गतेबाट प्रर्दशनमा आउँदै छ।

हेर्नुस् ट्रेलर:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.