|

सल्यान : जिल्ला बाहिर र भारतबाट फर्किएलाई राख्न बनाइएका अधिकांश क्वारेन्टाइन र आइसोलेसन कक्ष बनाउन यहाँका शैक्षिक संस्थाहरूमात्र प्रयोग गरिएको छ। जिल्लामा रहेका १६० मध्ये १५५ क्वारेन्टाइन शैक्षिक संस्थामा निमार्ण गरिएको हो।

सल्यानका कपुरकोट गाउँपालिकामा २, दार्मा गाउँपालिका ३३, कुमाख गाउँपालिका १२, त्रिवेणी गाउँपालिकामा ७ वटा, कालीमाटी गाउँपालिकामा ८ वटा, छत्रेश्वरी गाउँपालिकामा ८ र शिद्धकुमाख गाउँपालिकामा क्वारेन्टाइन राख्न ८ वटा शैक्षिक संस्था प्रयोग गरिएको छ। 

यस्तै, शारदा नगरपालिका १४, वनगाड कुपिण्डे नगरपालिकामा २६ र वागचौर नगरपालिकाका ३६ वटा शैक्षिक संस्थालाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ। जिल्लाका स्थानीय तहमध्ये वागचौर नगरपालिकाले मात्र ५ वटा निजी भवन क्वारेन्टाइनको रुपमा प्रयोग गरेको छ।

महिला , तथा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरुका लागि शैक्षिक संस्थाहरु बाहेक अन्य ५ स्थानमा निजी घर प्रयोग गरिएको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताए। भारत लगायत अन्यत्रबाट विभिन्न समयमा आउने र सबैलाई एउटै भवनमा राख्दा जोखिम बढ्ने भएकाले विद्यालय नै उपयुक्त भएकाले राखिएको उनको भनाई छ। सल्यान वहुमुखी क्याम्पस सल्यालमा १ सय शय्याको आइसोलेसन निर्माण गरिएको छ। यहाँ कोरोना संक्रमित बिरामीलाई राखिएको छ।

शारदा नगरपालिका शिक्षा शाखा प्रमुख लिलाधर वपाले कार्यपालिकाको निणर्यअनुसार क्वारेन्टाइनको रुपमा विद्यालय प्रयोग गरिएको बताए। उनका अनुसार स्थानीय तहले निणर्य गरेर विद्यालय प्रयोग गरेका हुन्‌।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले क्वारेन्टाइन निर्माण गरिएका शैक्षिक संस्थाको सरसफाईमा ध्यान दिन सबै स्थानीय तहलाई आग्रह गरिएको बताए। शैक्षिक संस्थालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्नु बाध्यता भएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.