दुई दिनदेखि चाैरमै शव कुरेर बसेका छन् आफन्त

|

अर्घाखाँची : अर्घाखाँचीको मालारानी ४ सार्वजनिक आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको बुधबार बिहान उपचार गरेर फर्किने क्रममा मृत्यु भयो। 

बुटवलबाट उपचार गरेर फर्कंदै गर्दा बाटोमै मृत्यु भएपछि शवलाई मालारानी लगियो। तर, जेठ २३ गते स्वाब झिकेर जेठ २४ गते परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रय‍ोगशाला भैरहवामा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले अर्घाखाँचीले जनाएको छ। 

पिसिआर रिपोर्ट  नआउँदै उनको मृत्यु भएपछि शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा अन्यौलता भयो। मृतकको रिपोर्ट पठाइदिन  प्रदेश सांसद , संघीय सांसद तथा प्रशासनले समेत प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ताकेता गर्दै सम्पर्क गरे तर मृतक यमप्रसाद खनालको पठाइएको स्वावको नमुना स्याम्पल नै प्रयोगशालाभित्र नभेटिएपछि प्रयोगशालाको ल्याबमा खैलाबैला मच्चियो। 

अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु

जेठ २४ गते मृतक यमप्रसाद खनालको स्वाबसँगै अन्य १० जनाको स्वाब एकैसाथ पठाइएको थियो। स्याम्पलक‍ो कोड नम्बर १२२१ देखि १२३० सम्म बिरामीको नाम ठेगानासहित लेखेर पठाइएको थियो। तर, भैरहवा प्रयोगशालामा खोज्दा अरू ९ जनाको स्वाबको नमुना भेटिएको तर मृतक यमप्रसाद खनालको कोड नम्बर १२२४ रहेको स्वावको नमुना नभेटिएको प्रयोगशाला स्रोतले बताएको छ।  

प्रयोगशालाको चरम लापरबाही

यसले अन्य बिरामीको स्वावको नमुना ल्याबमा सुरक्षित छ वा छैन भन्ने कुराको पुष्टि गर्छ। प्रयोगशालाको यो ठूलो कमजोरी र चरम लापरबाही भएको मृतकका छोरा प्रकाश खनाले बताए। परीक्षणकालागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी–४ खनकै रातुका चौरको प्रतीक्षालयमा राखिएको छ। 
शव कुरेर मृतकका आफन्त र स्थानीय बसेका छन्। स्वाब रिपोर्ट हराएपछि अन्तिम दाह संस्कारको काम पनि रोकिएको छ।

भारतबाट आएका उनी विगत १४ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए।घाँटीको शल्यक्रियासमेत गरेका उनलाई श्‍वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि  मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो। 

सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि बुटवल रिफर गरिएको थियो। बुटवलमा सामान्य उपचार पछि ज्वरो बसेको र घरमा गएर आराम गराउन अस्पतालले सल्लाह दिएपछि  घर फर्कदै गरेका उनको गोरुसिँगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार बिहान १० बजे मृत्यु भएको थियो । 

जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा नभेटिएपछि राति  मृतक ब्यक्तिको स्वाब निकालेर परीक्षणका लागि पठाइसकिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए।  

प्रयोगशालामा मृतकको स्वाबको नमुना नभेटेपछि बुधार राति निकै कष्टपूर्ण रूपमा मृतकको शरिरबाट स्वाब झिकेर बिहीबार बिहान भैरहवा प्रयोगशालामा पठाईएको प्रजिअ पौडेलले बताए। 

उक्त रिपोर्ट नआउँदासम्म शवको दाहसंस्कार अन्यौलमा छ। पठाएको स्वाब स्यापलको नेगेटिभ पोजेटिभ  रिपोर्ट आएको आधारमा शवलाई व्यवस्थापन गर्ने बताइएको छ।

प्रदेश ५ मा तिन वटा मात्र प्रयोगशाला भएकाले कोरोनाको चाप बढ्न थालेपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्वाब नमुनाको चाङ लागेपछि बुधबार अर्घाखाँचीको २ सय ९ जनाको स्वाब भरतपुर पठाइएको थियो। 

एकातिर सक्रमितको संख्या बढ्दै जाने अर्कोतर्फ नेपालभर २० वटा कोरोना प्रयोगशालाबाट स्वाबको परीक्षण गर्दा धान्न नसकेपछि बिरामीको कतै स्वाब हराउने कतै रिपोर्ट आउन ढिला हुने भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.