|

मनाङ : गण्डकी प्रदेश सांसद राजीव गुरुङ(दीपक मनांगे) मनाङका गाउँगाउँमा राहत बाँड्न सक्रिय भएर लागिपरेका छन्। 

उनी यतिबेला मनाङका प्रत्येक गाउँमा पुगिरहेका छन्। प्रदेशको योजना अनुगमन क्रममा बिहीबार मनाङ पुगेका मनांगेले लकडाउनका कारण  खाद्यान्न अभाव भएका विपन्न परिवारलाई दैनिक गुजारा चलाउन सहज हाेस् भनी दाल चामल नुनतेललगायत वितरण गरिरहेका छन्। 

ङिस्याङ गाउँपालिका पिसाङ, घ्यारु, हुम्डे ङावल र भ्राकामा उनले खाध्यान्‍न वितरण गरेका हुन्। उनले मनाङका चारवटै गाउँपालिकामा रहेका विपन्‍न परिवारलाई यो माहामारीमा कुनै अभाव हुन नदिने र सक्दाे सहयोग गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.