|

काठमाडौं : यस वर्षको वर्ल्ड प्रेस फोटोको प्रतिस्पर्धा अन्तर्राष्ट्रिय समाचार संस्था एपीका फोटो पत्रकार बुर्हान ओज्बिलिसीले जितेका छन्। ओज्बिलिसीले खिचेको टर्कीका लागि रुसका राजदूतको हत्याको फोटोले सन् २०१७ को वर्ल्ड फोटो प्रेस फोटोको प्रतिस्पर्धा जितेको हो।

टर्कीको एक ग्यालेरीमा रुसका राजदूत एन्ड्रेइ कार्लोभमाथि गोली प्रहार गरेपछि मेभ्लुट मेर्ट अल्टिन्टास नामका व्यक्ति चिच्याइरहेको फोटोमा देख्न सकिन्छ। यो घटना डेढ महिना अघि अर्थात २०१६ डिसेम्बर १९ को हो।

ओज्बिलिसीको यो फोटो 'टर्कीमा एक हत्या' शीर्षकको सिरिजको भाग थियो। यो सिरिजले स्पट न्युज स्टोरी विधा पनि जितेको छ। यो सिरिजका फोटोमा बिदामा रहेका प्रहरी अल्टिन्टासले पेस्तोल निकालेको र राजदूत कार्लोभलाई फोटो प्रदर्शनीमा गोली हानेको देखिन्छ।

अधिकारीहरुले ६२ वर्षीय कार्लोभलाई मृत घोषणा गरेका थिए। १५ मिनेटको गोली हानाहानमा सुरक्षाकर्मीको गोली लागी अल्टिन्टासको मृत्यु भएको थियो।

वर्ल्ड प्रेस फोटो फाउन्डेसनले प्रतिस्पर्धा आयोजना गरेको थियो। सन् १९५५ मा स्थापना भएको यो फाउन्डेसन नेदर्ल्यान्ड्समा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.