|
फोटो : दीपक केसी

काठमाडौं : दुबईको अवुधावीबाट घर विदामा आएका तनहुँका लेम्बबहादुर थापा फेरि काममा फर्किन काठमाडौं आएका छन्। गत शनिबार नै घरबाट विदा भएर आएका थापालाई कम्पनीले सोमबार बिहान ९:४५ को लागि प्लेन टिकट पठाइदिएको छ।

सबै प्रक्रिया मिलेको भए उनी सोमबार साँझ नै दुबई पुग्ने थिए। तर सोमबार ९:४५ मा विमान अवुधाबीतर्फ गइसक्दा पनि थापा भने ताहाचलस्थित श्रम कार्यालयमा हराएको आफ्नो राहदानी खोजी गर्दै थिए।

उनी दिउसो १ बजेतिर ताहाचलस्थित श्रम विभागमा हाकिमहरुको ढोका चाहर्दै थिए। बिहानै देखि हाकिम खोज्न ताहाचल पुगेका थापाले दिउँसो साढे एक बजे बल्ल सहायक कार्यलय प्रमुख प्रेमबहादुर दिसाललाई भेटे। हस्याङ, फस्याङ गर्दै आफ्नो कक्षमा आएका थापालाई दिसालले सोधे–के भयो?

'बिहान ९:४५ मा अवुधाबीको टिकट थियो तर हातमा टिकट छ, पासपोर्ट छैन' टिकट देखाउदै उनले गुनासो पोखे 'अब म के गरु?' थापालाई दिने दिसालसँग कुनै जवाफ थिएन कता कता फोन गर्दै थिए तर कतै लागेन। उनले भने 'म प्रमुख होइन प्रमुख आएपछि छलफल गरौला।'

यसरी हराउँछ पासपोर्ट

पासपोर्ट हराएर प्लेन छुट्ने पहिलो व्यक्ति होइनन् थापा। प्रत्येक दिन श्रम कार्यलयमा पासपोर्ट हराएका गुनासो आउने गर्छ। अनलाइन सिस्टमबाट श्रम स्वीकृति लिन सरकारले सुरु गरिसकेको कारण छिट्टै श्रम स्वीकृत हुने आशमा थापा आइतबार बिहानै ताहाचल पुगेका थिए।

विमा, अनलाइन फर्म, बैंकिङ रसिद सबै काटेपछि कार्यलय बाहिर घण्टौ लामो लाइन बसेपछि साझ ४ बजे तिर मात्रै कार्यलय भित्र छिर्न पाए। सोमबार बिहानको प्लेन टिकट कम्पनीले नै पठाइदिएको कारण उनलाई आइतबार जसरी पनि काम सक्नुपर्ने थियो। बल्तल्ल श्रम कार्यलयभित्र छिरेर ल्याप्चे लगाए।

पासपोर्ट स्वीकृत भएर कतिबेला बोलाउँछ भनेर पर्खिरहेका उनी सात बजेसम्म कार्लयमै रहे। सकेसम्म अर्को दिन बिहानको टिकट भएकालाई अघिल्लो दिननै स्वीकृति दिनको लागि विभाग प्रमुखको निर्देशन अनुसार रातीसम्म पासपोर्ट बाँड्ने सूचना उनले पाएका थिए। 

तर, बेलुका कार्यलय बन्द हुने समयसम्म पनि आफ्नो पासपोर्ट स्वीकृत भएर नआएपछि थापाले सोधिखोजी गरे। उनलाई कर्मचारीले फाइल नै भित्र नआएको जिद्धि गरे। आफै खोज्न थाले आफ्नो फाइल खोज्दै जादा ढर्रामा पासपोर्ट बाहेकका उनका कागजपत्र देखिएपछि कर्मचारी नजवाफ त भए। तर पासपोर्ट भेटिएन।  

धेरै बेरसम्म खोज्दा पनि पासपोर्ट नभेटिएपछि कर्मचारीसँगै उनी फर्किए। भेटिन्छ कि भन्ने आसमा बिहान ६ बजेदेखि श्रम कार्यलय पुगेका थापा प्लेन छुट्दासम्म पासपोर्ट नपाएपछि चिन्तित छन्। थाहाखबरसँग थापाले भने 'अब म के गर्ने कसरी हुन्छ समाधान?'

श्रम विभागका एक कर्मचारीका अनुसार दिनमा दुई/तीन जना व्यक्तिहरुको पासपोर्ट हराउने गर्छ। 'हतारमा काम गर्नुपर्ने हुन्छ, हतार हतार गर्दा कहाँ मिस्टेक हुन्छ हुन्छ, घर जानेबेलामा मेरो खोइ भन्दै कराईहाल्छन्' ती कर्मचारीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.