|

हेटौंडा : मकवानपुर जिल्लालाई लोडसेडिङ मुक्त बनाउन माग गर्दै युवा संघ नेपाल मकवानपुरले हस्ताक्षर संकलन सुरु गरेको छ। मकवानपुर जिल्लाबाटै उत्पादन हुने विद्युत आयात गर्ने छिमेकी जिल्लाहरु लोडसेडिङ मुक्त भैसकेको अवस्थामा मकवानपुर लोडसेडिङ मुक्त हुन अत्यावश्यक युवा संघका जिल्ला अध्यक्ष सन्तोष चौलागाँइले बताए।

देशकै ठुलो  क्षमता भएको कुलेखानी प्रथम ६० र दोश्रो ३० मेगावाट गरी ९० मेगावाट विद्युत उत्पादन हुने जिल्ला भएपनि मकवानपुरलाई 'बत्ती मूनिको अध्यारोमा राखिएको उनले बताए। मकवानपुरमा हाल कुलेखानी तेश्रो १३ मेगावाटको समेत निर्माण भैरहेको छ भने १२ मेगावाटको डिजेलप्लान्ट आवश्यक्ता अनुसार सञ्चालन गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.