|

काठमाडौं : लगानीयोग्य पुँजी(तरलता)  अभाव भएपछि निजी क्षेत्रका बैंक ताथ वित्तीय संस्था सहकारीबाट निक्षेप तान्ने प्रतिस्पर्धामा उत्रेका छन्। बैंकहरूले ठूला सहकारीलाई फोन गरेर आकर्षक ब्याजदरसहित निक्षेप राख्न अनुरोध गरिरहेको सहकारी सञ्चालकहरू बताउँछन्।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफस्कून)का सञ्चालक कृष्ण पौडेल सहकारीको संस्थागत र सदस्यहरूबाट बचत लिन बैंकहरूले प्रतिस्पर्धा गरिहेको बताउँछन्। ‘बैंकहरूले सहकारीको संस्थागत तथा व्यक्तिगत निक्षेप तान्नका लागि प्रतिस्पर्धा गरिरहेका छन्’, उनले भने, ‘बैंकहरूले ११\१२ प्रतिशत ब्याज दिन थालेपछि सहकारीलाई गाह्रो हुन थालेको छ।’

सञ्चालकहरूका अनुसार सहकारी क्षेत्रमा पनि अहिले तरलता अभाव हुँदै गएको छ। तर यस क्षेत्रमा बैंकहरूमा जस्तै कर्जा लगानी नै बन्द गर्नुपर्ने अवस्था भने आइनसककेको पौडेलले जानकारी दिए।

‘बैंकहरूजस्तो कर्जा बन्दै गर्नुपर्ने अवस्था त आएको छैन,‘उनले भने, ‘बैंकले नै सहकारीसरह ब्याज दिन थालेपछि भने हामीलाई गाह्रो भएको छ। केही महिनायता बैंकहरूमा तरलता अभाव भएपछि बैंकहरू निक्षेप खोज्दै भौंतारिन थालेका हुन्।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पुँजी वृद्धि भएकाले पनि निक्षेप कर्जा बढाउनुपर्ने दबाब बैंकहरूलाई छ। बैंकहरूले बढाएको कर्जाको अनुपातमा निक्षेप वृद्धि नहुँदा तरलता अभाव भएको हो।

तरलता अभाव भएपछि बैंकहरूबीच निक्षेप तान्ने प्रतिस्पर्धा भइरहेको छ। सिद्धार्थ डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र नयाँ निक्षेप नथापिएको र पुरानै निक्षेप एक बैंकबाट अर्को बैंकमा सार्न प्रतिस्पर्धा चलिरहेको बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.