|

काठमाडौं : आज 'भ्यालेन्टाइन डे' अर्थात प्रणय दिवस दिवस विशेषगरी युवा/युवतीहरुले प्रेम साटासाट गरेर मनाउँदै छन्। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए, तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे। उनको बुझाइ थियो, अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। त्यसैले उनले राजाको आदेशलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे। सोही कारण राजाको निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। - विकिपेडिया

सुरुमा पश्चिमा मुलुकमा मनाउन थालिएको यो पर्व अहिले विश्वका अधिकांश देशका युवामाझ लोकप्रिय छ। नेपालमा पनि पछिल्लो केही वर्षयता यसप्रतिको आकर्षण निकै बढेको छ। यो दिवसलाई प्रेमजोडीहरुले गिफ्ट आदानप्रदान तथा माया साटासाट गरेर मनाउँदै छन्।

यसैलाई लक्षित गरी राजधानीमा लाखौँ मूल्य बराबरको गुलाफको फूलसहितका गिफ्टहरु भित्रिएका छन्। यसैक्रममा राजधानीका गिफ्ट पसलहरुमा पुगेर लिइएका केही तस्बिरहरु ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.