|

काठमाडौं : अन्तरदेशीय प्रसारणलाइन निर्माण, विद्युत् व्यापार र यसअघि भएका सम्झौता तथा तिनको कार्यान्वयनमा भएको प्रगति लगायतका विषयमा छलफल गर्न नेपाल-भारत सचिवस्तरीय बैठक मंगलबार बस्दैछ। सोमबार बसेको सहसचिवस्तरीय संयुक्त कार्यसमूहको बैठकमा भएका छलफलका विषयमा निर्णय गर्न सचिवस्तरीय बैठक बस्न लागेको हो।

ती विषयहरुमाथि थप छलफल गरी मंगलबार नै अनुमोदन गर्ने तयारी छ। सोमबारको बैठकमा नेपाली टोलीको नेतृत्व उर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र भारतीय टोलीको नेतृत्व केन्द्रीय विद्युत् नियमन आयोगका अध्यक्ष आर.के बर्माले गरेका गरेका थिए।

बैठकमा ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई २ सय २० र ४ सय केभीमा चार्ज गर्ने, बुटवल गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनको काम सुरु गर्ने लगायतका विषयमा छलफल भएको थियो।

यस्तै भारतको अनुदानमा निर्माण हुन लागेको परवानीपुर–रक्सौल र कटैया–कुशाहा १ सय ३२ केभी प्रसारण लाइनबाट विद्युत आयात गर्ने विषयमा पनि छलफल भएको र मंगलबारको बैठकबाट निर्णयमा पुगिने उर्जा मन्त्रालयका सहसचिव घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.