|

सुर्खेत : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले  कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०७७/०७८ बजेट प्रस्तुत गरेका छन्। मन्त्री ज्वालाले यो बजेटले महामारी, रोजगारी र भोकमरी नियन्त्रणलाई प्राथमिकता दिएको जनाए।

कोरोना महामारीले सिंगो विश्व र नेपालमा पनि आर्थिक अवस्था धराशायी हुने अवस्थामा कर्णाली प्रदेशलाई पनि दुरगामी असर पर्ने भएकाले सोही अनुसारको बजेट ल्याईएको जनाए।

आर्थिक वर्ष २०७७/०७८का लागि कुल ३३ अर्ब ७४ करोडको बजेट प्रस्तुत भएको छ। कुल बजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरण तर्फ ९ प्रतिशत विनियोजन गरिएको छ।

कर्णाली प्रदेश हालको कोभिड १९ रोगबाट मृत्यु हुने व्यक्तिका परिवारलाई  १ लाख राहत घोषणा गरेको छ। कोरोना विश्व महामारीको नियन्त्रणका लागि १ अर्ब ५५ करोड विनियोजन गरिएको  मन्त्रीज्वालले बताए।

प्रदेश अस्पतालमा २०० आइसोलेसन बेड, ४० सघन उपचार कक्ष (आई.सि.यु.) र २०  भेन्टिलेटर सहितका विशेष सघन उपचार कक्ष बनाउने हरेक जिल्ला अस्पतालमा कम्तीमा पचास वटा आइसोलेसन बेड, कम्तीमा दश सघन उपचार कक्ष (आई.सि.यु.) र कम्तिमा पाँच भेण्टिलेटर सहितको सघन उपचार कक्ष तयार गर्न बजेट विनियोजन गरिएको छ।

प्रदेश अस्पताललाई ३०० शय्‍याको शिक्षण अस्पताल बनाउने, राकम कर्णालीमा ट्रमा अस्पतालको स्थापना गर्ने, घुम्ती अस्पतालको अवधारणा र दूर स्वास्थ्य (टेलिमेडिसिन) सेवा सञ्चालन गर्ने लगायतका नवीन र दूरगामी कार्यक्रम सहित स्वास्थ्य क्षेत्रका लागि करीब ९ प्रतिशत बजेट विनियोजन गरेको छ।

यसैगरी खाद्य संकट निवारण र राहतका लागि पनि कर्णाली प्रदेश सरकारले कार्यक्रम ल्याएको छ। यसैगरी सरकारले रोजगारीमा पनि उच्च प्राथमिकता दिने जनाएको छ।

आफ्नो गाँउ, आत्मनिर्भर बनाऔँ भन्ने अभियानका साथ बजेटको ठूलो हिस्सा करीब २० प्रतिशत अर्थात ७ अर्ब उत्पादन बजेट रोजगारीका लागि विनियोजन भएको छ।

यसैगरी, प्रदेश सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने  निति पनि ल्याएको छ। यसगरी शिक्षा, भौतिक पूर्वाधार, जनशक्तिको विकासका लागि पनि अघि काम गरिने जनाईएको छ।

यसैगरी, कृषिमा पनि आधुनिक प्रणाली लागु गर्ने निति सरकारले लिएको छ।  कर्णालीलाई भोकमारीबाट बचाउनका लागि एक स्थानिय तह एक अन्न् भकारी बनाउने र उत्पादनलाई विषेश जोड दिने गरी बजेट ल्याएको छ। यसैगरी आफ्नो गाउँ आत्मनिर्भर बनाऔं भन्ने लक्ष्यका साथ यो कार्यक्रम लागू गरिने मन्त्री ज्वालाले जनाए।

कर्णाली प्रदेशको बजेट पूर्णपाठ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.