सबैभन्दा सानो बजेट सञ्‍चारलाई

|

बागलुङ : गण्डकी प्रदेशले 'एक घर एक धारा' कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ। प्रदेशभर खानेपानीका कार्यक्रम सञ्चालनका लागि २ अर्ब ३९ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। 

आज प्रस्तुत बजेटमा प्रदेशभर घर घरमा खानेपानी पुर्‍याउने कार्यक्रम सार्वजनिक भएको हो। त्यस्तै विद्युतका काठेपोल विस्थापन कार्यक्रमलाई बजेटले प्राथमिकतामा राखेको छ। प्रदेशका झण्डै पाँच हजार काठेपोल विस्थापनका लागि प्रदेश सरकारले ३७ करोड ४२ लाख बजेट बिनियोजन गरेको हो।

गण्डकी प्रदेश उज्यालो प्रदेशको लागि बजेट बिनियोजन भएको छ। तनहुँ, गोर्खा, नवलपुर, गोर्खा, १८ करोड विनियोजन भएको छ। राष्ट्रिय प्रशारणमा नजोडिएकालाई २ लाख ३० लाख बजेट बिनियोजन भएको छ। 

लघु जलविद्युतको मर्मत गरिने कार्यक्रम बजेटमा समाबेश भएको छ। स्वास्थ्य संस्था र अत्यावश्यकीय कार्यालयमा सोलार जोडिने उल्लेख छ। विद्युतीय चुलो र सवारी साधनको लागि १२ करोड दिइने अर्थ मन्त्री किरण गुरुङले घोषणा गरे। 

काठेपोल विस्थापनका लागि ८ करोड, उर्जा, नवीकरणीय ऊर्जा र विद्युतका लागि ३७ करोड ८६ लाख विनियोजन भएको छ। २ अर्ब ३९ करोड १२ लाख एक घर एक धाराका लागि क्रमागत सिँचाइ आयोजना ३२३ मध्ये १ सयका लागि १ अर्ब ७६ करोड बिनियोजन भएको छ। 

२ हजार ४ सय हेक्टरमा सिँचाइ पुग्‍ने गरि कार्यक्रम ल्याइने भएको छ। नदी नियन्त्रणका ७२ योजनालाई ४० करोड, नमुना मुख्यमन्त्री कार्यक्रममा ४ करोड विनियोजन भएको छ। सिँचाइका लागि १ अर्ब ६० करोड रुपैयाँ बिनियोजन भएको मन्त्री गुरुङले जानकारी गराए।

सबैभन्दा सानो बजेट सञ्‍चारमा

प्रदेश सरकारले सञ्चालनमा रहेका सञ्चार माध्यामको लागि समेत बजेटमार्फत सम्बोधन गरेको छ। आगामि आर्थिक वर्षबाट लोक कल्याणकारी बिज्ञापन उपलव्ध गराउने गरी सरकारले ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। प्रदेश सरकारले सार्वजनिक गरेका बजेटका शीर्षकहरुमा सम्भवत: यो नै सबैभन्दा कम बजेट भएको शीर्षक हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.