|

कोरोना संक्रमितको आकस्मिक उपचारमा मलेरियाको औषधी प्रयोग गर्न रोकेको छ। 

ट्रम्पले मलेरियाविरुद्धको हाइड्रोक्सिक्लोरक्विन नामक औषधी सेवन गरेर कोरोना परीक्षण गर्दा आफूमा संक्रमण नदेखिएको भन्दै यो औषधीबाट सकारात्मक फाइदा हुने दावी गरेका थिए। त्यसपछि अमेरिकाका हजारौं संक्रमितहरुलाई मलेरियाविरुद्धको यो औषधी खुवाइएको थियो।

अमेरिकाले इबोलाको औषधी कोरोनाविरुद्ध प्रयोग गर्न अनुमति दियो

युएस फुड एण्ड ड्रग एड्मिनिष्ट्रेसन (एफडीए) ले संक्रमितको उपचारमा एन्टि मलेरिया ड्रग प्रयोग गर्नुको औचित्य नरहेको जनाएको छ। साथै हाइड्रोक्सिक्लोरक्विनले भाइरसविरुद्ध काम गरेको नपाइएको उल्लेख छ।

ट्रम्पको आग्रहअनुसार गत मार्चमा एफडीएले केही गम्भीर बिरामीहरुमा हाइड्रोक्सिक्लोरक्विन प्रयोग गर्न अनुमति दिएको थियो। 

तर सोमबार एफडीएले हाइड्रोक्सिक्लोरक्विन कोरोना भाइरसविरुद्ध निष्प्रभावी भएको र संक्रमण रोक्न कुनै काम नगरेको जनाएको छ। 

ट्रम्पको लहलहैमा मलेरियाको औषधी खाँदा अमेरिकामा ज्यान गुमाउने बढे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.