३० प्रतिशत अस्तालमा एम्बुलेन्स सुविधा नै छैन

|

काठमाडौं : कोभिड-१९ का बिरामीको उपचारका लागि तोकेका ३० प्रतिशत अस्पतालमा नै एम्बुलेन्स सेवा नभएको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको एक अनुसन्धानले कोभिडका बिरामीको उपचारमा तोकिएका ३० प्रतिशत अस्पतालमा एम्बुलेन्स सेवा नभएको पाइएको हो।

स्वास्थ्य मन्त्रालयले शंकास्पदहरुलाई राख्‍न बनाइएका क्‍वारेन्टाइन तथा अस्पतालमा २४ सै घण्टा एम्बुलेन्स अनिवार्य हुने मापदण्ड बनाइएको छ। 

तर पनि सरकारले कोभिड-१९ उपचारका लागि तोकेका ३० प्रतिशत अस्पतालमा नै एम्बुलेन्स सेवा नभएको स्वास्थ्य अनुसन्धानले देखाएको हो। परिषद्ले हालै (कोभिड-१९)  लडिरहेको स्वास्थ्य मन्त्रालयले दिइरहेको सेवा सुविधाबारे यो अनुसन्धान गरिएको हो।  

कोभिड-१९ महामारीका लागि सरकारले तोकेका अस्पतालहरुमा सरकारी मापदण्डअनुसार सेवा दिने व्यवस्था छ छैन भनेर गरेको एक अध्ययन गरेको थियो।

परिषद्ले तयार परेको त्यस तथ्यांकमा कोभिड-१९ उपचारका लागि सरकारले तोकेका ३० वटा अस्पतालको भौतिक अवस्था, जनशक्तिको अवस्था, ल्यावको अवस्था, आईसीयु, भेन्टीलेटरको अवस्थालगायत सरकारले तोकेका मापदण्डको अवस्था अध्ययन गरेको थियो।  यही अध्ययनले  रिपोर्टमा कोभिड-१९ उपचारका लागि तोकिएका ७ वटा अस्पतालमा एम्ब्लेन्स सेवा नभएको पाइएको हो।

त्यसैगरी ४० प्रतिशत अर्थात १२ वटा अस्पतालमा सरकार र नेपाल नेपाल मेडिकल काउन्सिलले तोकेको मापदण्डअनुसारको पिपिई सेट उपलब्ध नभएको समेत पाइएको छ।

अध्ययनमा २३ प्रतिशत अर्थात  ७ वटा अस्पतालमा मात्रै कोभिड-१९ का बिरामीले इमर्जेन्सीमा सेवा लिने व्यवस्था भएको पाइएको छ। ७६ प्रतिशत अस्पतालमा ट्रयाकिङ सिस्टम छ। ६६.७ प्रतिशत २० वटा अस्पतालमा आईसीयु सुविधा छ।

ती अस्पतालमा जम्मा २६५ वटा आईसीयु बेड उपलब्ध रहेका छन्। १३.३ प्रतिशत अर्थात ४ वटा अस्पतालमा नेगेटिभ प्रेसर आईसीयुको व्यवस्था छ। २३.३ प्रतिशत अर्थात ७ वटा अस्पतालमा हाई डिपेडेन्सी युनिट छन्। जसमा ९५ वटा फङसनल बेड छन्। ५६. ७ प्रतिशत अर्थात १७ वटा अस्पतालमा सुचारु अवस्थामा आईसीयु भेन्टिलेटर छन्। जसमा ९८ वटा आईसीयु भेन्टिलेटर छन्। ३३.३ प्रतिशत १० वटा अस्पतालमा १८ वटा बाइएप मेसिन रहेको अध्ययनले देखाएको छ। 

२५ अस्पतालमा मात्रै आइसोलेसन

 सरकारले यसअघि कोभिडको उपचारका लागि छुट्याएको ३० वटा अस्पतालमध्ये २५ वटामा मात्रै आइसोलेसन सुविधा रहेकोसमेत अध्ययनले देखाएको थियो। शंकास्पद कोभिड-१९ का बिरामीको उपचारका लागि आइसोलेसन बेडको संख्या ७ सय २९ रहेको छ। ३० प्रतिशत कोभिड-१९ अस्पतालमा कोभिडको जाँच  गर्ने व्यवस्थासमेत नभएको पाइएको छ।

३० वटा कोभिड-१९ उपचारका लागि तोकिएका अस्पतालमध्ये २५ वटा ८३.३ प्रतिशत अहिले पनि सन्चालनमा छन्। ४ वटा १६ प्रतिशत नन कोभिड प्यासेन्ट उपचारमा पनि संलग्‍न छन्। कोभिड-१९ अस्पताल भनेर तोकिएका ९६.७ प्रतिशत अस्पतालमा कोभिड-१९ म्यानेजमेण्ट कोर टिम छ। ९३.३ प्रतिशतमा कोभिड  प्रिपरेन्सन प्लान छ भने ४० अस्पतालमा संक्रमणमा रोकथाम समिति छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.