अन्तिम छलफलपछि त्रिविले निर्णय लिने

|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आउन १० दिनमात्र बाँकी रहँदा घटेका घटनाहरुले स्ववियु चुनाव धकेलिने संकेत देखिएको छ। त्रिभुवन विश्वविद्यालयले चुनाव हुने/नहुने निर्णय गर्नुअघि मूल निर्वाचन कमिटी र त्रिवि पदाधिकारीसँग छलफल गर्ने भएको छ।

यही फागुन १४ गतेका लागि तोकिएको स्ववियु चुनाव हुने/नहुने अन्योलका बीच मंगलबार त्रिविले काठमाडौं उपत्यकाभित्रका क्याम्पस प्रमुखहरुलाई छलफलका लागि डाकेको थियो। बैठकमा उपत्यकाका २० वटा क्याम्पसका प्रमुखहरु सहभागी थिए। दुई क्याम्पसका प्रमुख छलफलमा उपस्थित भएनन्।

अधिकांश क्याम्पस प्रमुखहरुले अहिलेकै अवस्थामा स्ववियु चुनाव गर्न सम्भव नरहेको रिपोर्टिङ गरेका छन्। क्याम्पस प्रमुखहरुको रिपोर्टिङ सुनिसकेपछि त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले भनिन्- 'क्याम्पस चिफहरुको कुरा सुनियो। मूल निर्वाचन कमिटी र त्रिवि पदाधिकारीसँग छलफल गरेर निर्णय लिन्छौँ।'

छलफलपछि शिक्षाध्यक्ष त्रिपाठीले 'चुनावबारे तत्काल निष्कर्ष निकाल्ने बेला नभए पनि सकारात्मक निर्णय लिने अवस्था नभएको' प्रतिक्रिया दिइन्।

त्रिविको स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगाबहादुर थापाले 'निर्णय लिनुअघि एकपटक विद्यार्थी संगठनसँग छलफल गर्ने' बताए।

के भने क्याम्पस प्रमुखहरुले?

कर्णबहादुर थापा, प्रमुख, नेपाल ल क्याम्पस

१२ वटा संगठनमात्र दर्ता छन्। नेविसंघले आन्तरिक समस्याका कारण संगठन दर्ता गरेको छैन। आज बिहान निर्वाचन कार्यालयमा ताला लगाइयो। त्यसपछि नेविसंघ दर्ता गर्न आयो। वातावरण तनावग्रस्त भयो। उमेरहदको विषयले समस्या भयो। अरु क्याम्पसमा जे हुन्छ त्यो गर्न तयार छौँ। हामी अलग ढंगले अगाडि बढ्न सक्दैनौँ।

दीपेन्द्रविक्रम सिजापति, प्रमुख, पाटन संयुक्त क्याम्पस

विद्यार्थी भिडाएर चुनाव गर्न सक्दैनौँ। चुनावको औचित्य भएन। लेखा प्रमुखको कार्यालयमा ताला लगाइएको छ। यस्तो अवस्थामा चुनाव गराउने अवस्थामा छैनौँ।

राजेश मकाजु, प्रमुख, अमृत साइन्स क्याम्पस

निर्वाचन गराउन सक्ने अवस्था छैन। चुनाव गराउँ भन्ने र नगराउँ भन्नेले आफ्नो तर्फबाट दबाब दिइरहेका छन्।

यो पनि पढ्नुस्ः स्ववियु चुनाव रोक्न त्रिवि शिक्षाध्यक्ष त्रिपाठीलाई धम्की

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.