|

अर्घाखाँची :  सन्धिखर्क नगरपालिकाको कर्मचारी होम क्वारेन्टाइनमा बसेको आठ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट नआएपछि कार्यालयका सम्पूर्ण कामकाज ठप्प भएको छ।

सन्धिखर्क नगरपालिकाका उपमेयरसहित ३१ जनामा कोरोना पुष्टी भएको छ। जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएपछि नगरपालिकाले पछिल्लो १० दिनभित्र कार्यालय आएर नियमित काम गरेका सबै कर्मचारीहरू उच्च जोखिममा रहेको भन्दै होम क्वारेन्टाइनमा राखेको छ।

जेठ २७ गते जनप्रतिनिधिसहित कर्मचारीको स्वाब संकलन गरी परिक्षणका लागी भरतपुर पशुपन्छी कार्यालयस्थित ल्याबमा पठाएको थियो। तर रिपोर्ट नआएपछि  सबै कर्मचारी होम क्वारेन्टाइनमै बसिरहेका छन्। पीसीआर रिपोर्ट आएपछि मात्र कार्यालयको काम अघि बढाउने/नबढाउनेबारे निर्णय हुने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए। 

सबै कर्मचारी क्वारेन्टाइनमा बसेपछि कार्यालयको कामकाज आठ दिनदेखि ठप्प भएको छ। असारभित्र सक्नुपर्ने विकास आयोजनाको रकम फरफारक र भुक्तानी लगायतका काम पनि रोकिएको छ। प्रशासकीय अधिकृत ज्ञवालीका अनुसार यो आर्थिक वर्षमा विभिन्न श्रोतबाट आउनुपर्ने अनुदान रकममध्ये ६ करोड रुपैयाँ रकम नआएपछि नगरभित्र गर्नपर्न विकासका काम सकिने अवस्था पनि छैन।

सोमबार पुष्टी भएका ३१ जनामध्ये सन्धिखर्क नगरपालिकाका उपमेयर, सन्धिखर्क-६ का १३ जना र ७ का १५ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.