|

मुगु : हिमाली जिल्ला मुगुमा यतिबेला धान रोप्ने चटारो छ। मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका, पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाकाका केही गाउँहरुमा धान रोप्न भ्याइनभ्याइ छ।

लकडाउनका बेला मुगाली किसानहरु सामाजिक दूरी कायम गर्दै रोपाइँ गरिरहेका छन्। खेतमा नाच गान गर्ने, दोहारी, देउडा गीत गाउँदै धान रोप्ने चलन छ। विभिन्न गीत गाउँदै रोप्ने परम्पराले जिउलोमा रौनकता छाएको छायानाथ रारा नगरपालिका–५ का किसान सिहंराज विकले बताए।

पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि मार्सी र स्थानीय जातका धान खेतीप्रति यस क्षेत्रका किसानको आकर्षण बढेको छ। मुगुमा स्थानीय रातो धान, मार्सी, चन्दनाथ १ र ३ जातको धान खेती गरिन्छ। 

यो वर्ष गर्त वर्षको भन्दा रोपाइँ छिटो गरिएको छ। आकाशे पानीको भर पर्नुपर्ने यहाँका किसानले यस वर्ष छिटो वर्षा भएकाले रोपाइँ पनि छिटो गरेका हुन्। छिटो धान रोप्दा धान उत्पादनमा फरक नपर्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख पञ्चलाल बुढाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.