एकै दिन थपिए ३१ संक्रमित

|

बर्दिया : बर्दियामा पछिल्लो समय कारोना संक्रमितको संख्या बढ्दै गएको छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरूमा कोरोना संक्रमण देखिन थालेको हो। बर्दियामा आज एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
एकै दिन ३१ जना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या १ सय ४१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए। 

आज बर्दियाको बढैयाताल गाउँपालिका १ र २ मा २६ जनामा कोरोना संक्रमण देखिएको छ। 
‘भारतबाट केही दिन पहिले आएर उनीहरु क्वारेन्टिनमा बसेका थिए’, जनस्वास्थ्य निरीक्षक चौधरीले भने, ‘उनीहरु सबैको आरडिटी परीक्षण गरियो, त्यसमध्ये केहीको रिपोर्ट पोजेटिभ आएपछि स्वाब संकलन गरिएको थियो। पिसिआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ आयो।’ 
क्वारेन्टाइनमा आरडीटी परीक्षण नेगेटिभ देखिएर डिस्चार्ज भएका तर संक्रमितको सम्पर्कमा आएको अन्यको पनि भेरी अस्पताल नेपालगञ्जमा पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ पाइएको जनस्वास्थ निरिक्षक चौधरीले बताए। आज रिपोर्ट पोजेटिभ आएका २६ जना एउटै क्वारेन्टिनमा बसेका हुन्।
यस्तै राजापुर नगरपालिकाका १ र बाँसगढी नगरपालिकाका ४ जनामा पनि आज संक्रमण पुष्टि भएको हो। एकैदिन बर्दियाका ३१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ४१ पुगेको छ।
समुदायमै फैलियो कोरोना बढैयाताल गाउँपालिकामा समुदायमै कोरोना पुगेको पाइएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ। 

क्वारेन्टाइनमा १४ दिन बसिसकेका, आरडीटी परीक्षण पश्चात घर फर्केका र उनीसँग सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमणको नतिजा पोजिटिभ आएको हो।

बढैयातालको साविक जमुनी क्षेत्रको समुदायमा कोरोना संक्रमण पुगेको जनस्वास्थय निरिक्षक चौधरीले बताए। बर्दियामा स्थानिय तहहरुले निर्माण गरिएका क्वारेन्टाइनहरु व्यवस्थित नहुदा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको जनाइएको छ। 

बढैयातालका २ गाउँ सिल 

बढैयाताल गाउँपालकाका २ गाउँ सिल गरिएको छ। घर फर्किसकेका व्यक्तिमा पनि संक्रमण पाइएपछि उक्त २ गाउँ सिल गरिएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताए। 

क्वारेन्टिनबाट फर्किसकेकाहरुमा संक्रमण पाइयो उनले भने, क्वारेन्टिनमा १४ दिन बसिसकेका आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका २२ जना र समुदायका अन्य ४ जना गरी २६ जनामा संक्रमण पाइएको हो। 
उक्त संक्रमित क्षेत्रमा उच्च सुरक्षा साबधानी अपनाइएको समेत उनले बताए। बढैयाताल गाउँपालिकामा मात्रै संक्रमितको संख्या ४६ पुगेको छ। जेठ लागेयता जिल्लामा धामधम कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
यस्तै बर्दियामा हालसम्म १३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। जिल्लाको गेरुवा गाउँपालिका बाहेक ७ वटै स्थानिय तहमा कोरोना संक्रमित भेटिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.