|

लण्डन : उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नाम मलेसियामा मारिएको दक्षिण कोरियाली तथा मलेसियाका अधिकारीहरुले बताएका छन्।

लेसियाको क्वालालम्पुरस्थित विमानस्थलमा ४५ वर्षका नाममाथि निशानामा साँधिएको बताइएको छ। मलेसियाका प्रधानमन्त्रीको नजिकको स्रोतलाई उद्र्त गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले नामको शरिरको पोस्टमार्टम हुन लागेको उल्लेख गरेको छ।

किम जोङ नाम उत्तर कोरियका पूर्व नेता किम जोङ इलका जेठा छोरा हुन्। मलेसियाली प्रहरीले विमानस्थलको ट्रान्जिटबाट अस्पताल लैजाने क्रममा मृत्यु भएका व्यक्तिको नाम  किम जोङ नाम रहेको रोयटर्ससँग कुराकानीमा बताएको छ।

दक्षिण कोरियाको टेलिभिजन टभी चोसनका अनुसार विमानस्थलमा दुई महिलाले किमलाई विष खुवाएका थिए। किमको परिवारसँग नजिकको सम्बन्ध राख्ने बेलायती स्रोतले बीबीसलाई उनको हत्यामा विषय प्रयोग भएको बताएको छ।

सन् २००१ मा नक्कली पासपोर्ट बोकेर जापान छिर्न खोज्दा किम पक्राउ परेका थिए। कुनै समय उनी किम जोङ इलको उत्तराधिकरारी बन्ने दौडमा नजिक थिए। तर नक्कली पासपोर्ट काण्डपछि नै उनले बाबु किमको विश्‍वास गुमाएको हुनसक्ने बीबीसीले लेखेको छ।

सन् २०११ मा बाबु किम जोङ इलको निधनपछि भाई किम जोङले उत्तर कोरियाको शासनसत्ता सम्हाल्दै आएका छन्। त्यसपछि किम जोङ नामले सामान्य जीवन व्यथित गर्दै आएका थिए। उनले आफ्नो अधिकांश समय मकाउ, सिंगापुर र चीनमा बिताए।

सन् २०११ मा जापानी मिडियाहरुले उनको भनाई उद्र्त गर्दै भाई किमले बाबुको हातबाट शासनसत्ता लिएपछि उनी असन्तुष्ट बनेको समाचार छापेका थिए। उनी वंशजमा आधारमा शासन हस्तान्तरण हुने प्रक्रियाको विरोधमा रहेको समाचार छापिएको थियो।

सन् २०१२ मा एक पुस्तकमा उनको भनाइ छापिएको थियो। यस पुस्तकमा उनले आफ्ना सौतेनी भाईले नेतृत्व क्षमता गुमाएको, उत्तर कोरिया अस्थिर बनेको र उत्तर कोरियाले चीनको जस्तै आर्थिक पुनर्निर्माण खोजेको औल्याएका थिए।

यसअघि पनि उनीमाथि बारम्बार हत्याको कोसिस भएको थियो। सन् २०१२ मा उनलाई निशाना बनाएर गोली प्रहार गरेको आरोपमा एक व्यक्ति दक्षिण कोरियाको जेलमा परेका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.