|

राष्ट्रिय रेकर्ड सुधार गर्दै चन्द्रकला लामगादेले एथलेटिक्सका दुई फरक विधामा २ वटा राष्ट्रिय कीर्तिमानसहित २ स्वर्ण जितिन्। उनले एथलेटिक्सअन्तर्गत ज्याभलिन र सटपुटमा आफ्नै नामको रेकर्ड सुधारिन्।

सटपुटमा त उनको यो लगातार तेस्रो रेकर्ड हो। उनले ११ दशमलब ५६ मिटरमा नयाँ रेकर्ड बनाइन्। यसअघि उनले ११ दशमलब ३ मिटर सागमा गुवाहाटीमा बनाएको उनको कीर्तिमान थियो भने त्यसअघि उनले सागकै छनोट चरणमा १० दशमलब ८८ मिटरमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

चन्द्रकलाले ज्याभलिनमा ४३ दशमलब ९४ मिटर फाल्दै अर्को राष्ट्रिय कीर्तिमान कायम गर्दै सातौँ राष्ट्रिय खेलमा स्वर्ण जितिन्। त्यसअघि उनकै नाममा ४३ दशमलब ९ मिटरको राष्ट्रिय कीर्तिमान थियो।

त्यस्तै चन्द्रकलाले ज्याभलिनमा ४३ दशमलब ९४ मिटर फाल्दै अर्को राष्ट्रिय कीर्तिमान कायम गर्दै सातौँ राष्ट्रिय खेलमा स्वर्ण जितिन्। त्यसअघि उनकै नाममा ४३ दशमलब ९ मिटरको राष्ट्रिय कीर्तिमान थियो।

चन्द्रकला नेपाल पुलिसकी सदस्य हुन्। त्यसो त उनले छैटौँ राष्ट्रिय खेलको दौरान धनगढीमा क्षेत्रीय छनोटबाट राष्ट्रियस्तरको प्रतियोगिता खेल्न पाइन् तर उनले मेडल जित्न भने सकिनन्। बाँसको ज्याभलिनका भरमा छैटौँ सहभागिता उनका लागि ढोका मात्र बन्यो तर त्यसको पाँच वर्षपछि उनी आफ्नो दबदवा छोड्न सफल भइन्। त्यसो त तयारीलाई नै हेर्ने हो भने पहिला भन्दा त्यति धेरै अन्तर अहिले पनि नभएको उनी मान्छिन्।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चाँगेमा एक सामान्य परिवारमा जन्मिएर खेलकुदमा लाग्नु आफैँमा दुर्लभ सफलता हो। त्यसमा पनि राष्ट्रियस्तरको रेकर्डसहितको सफलताले उनको क्षमता स्पष्ट हुन्छ। तर उनी अहिले पनि उत्कृष्ट ट्रेनिङको पर्खाइमा छन्।

 'देशका लागि खेल्दै गर्दा जबर्जस्ती आफ्नो क्षमताले मात्र पुग्दैन, अन्तर्राष्ट्रिय सफलताका लागि त अन्तर्राष्ट्रिय एक्सपोज नभई कसरी होला र!', उनको भनाइ छ।

त्यसो त उनको सातौँ सहभागिता पनि बडो अनिश्चयबाट गुज्रियो। प्रतियोगिता हुने वा नहुने अन्योलबीच एक महिनाको अभ्यासले नै उनले सफलता हात पारिन्। पुलिसबाट अभ्यास गर्दा एउटा ज्याभलिन (ज्याभलिन फाल्ने भाला) मात्र थियो। दुई जना खेलाडीले पालो गरीगरी एउटाबाट अभ्यास गरे। एउटै तौलको ज्याभलिनबाट फालिरहँदा उनलाई लाग्थ्यो- एउटा ज्याभलिनको भरमा कसरी जितिएला र स्वर्ण? उनले आँट र हिम्मत भने हारिनन्। 'विभिन्न तौल समूहको (५०० ग्राम, ६०० ग्राम, ८०० ग्राम) ज्याभलिनको अभ्यास भएको भए अझ राम्रो गर्थें की भन्ने लाग्छ', उनी भन्छिन्। त्यसो त सटपुट पनि २ वटा मात्र थिए। तर उनको आत्मविश्वास नै जीतको महत्त्वपूर्ण कारण बन्यो।

फुटबलदेखि एथलेटिक्ससम्म

चाँगेका स्थानीय शिक्षक देवी बरालले एक दिन उनलाई हौस्याउँदै भने, 'आइज चन्द्रकला, ज्याभलिङ फाल। तैँले उभिई-उभिई जित्छेस्।' उनले त्यस दिनबाट पछि फर्किनुपरेन। त्यही भएर देवी बराल सरको आवाज अहिले पनि चन्द्रकलाको कानमा गुञ्जिरहेको छ।

विकट पहाडी जिल्ला ताप्लेजुङको चाँगेमा उनी ठूलो परिवारकी कान्छी छोरीका रूपमा जन्मिइन्। सामान्य परिवारमा जन्मिए पनि उनलाई परिवारले स्कुलसम्म पुर्‍याउन कुनै कसर बाँकी राखेन। ६ जना दिदीपछि जन्मिएकी चन्द्रकला सानैबाट निकै चञ्चल थिइन्। कान्छी बहिनी भएकाले उनलाई स्वतन्त्रता अलि बढी थियो। त्यही भएर उनी खेलकुदप्रति आकर्षित भइन्। पछि भाइ जन्मिएपछि उनिहरूको परिवारमा ७ दिदी बहिनी र २ भाइ भए। उनले त्यसैताका देखि खेलमा चासो दिइन्। सुरु सुरुमा उनी फुटबलको राम्रो खेलाडी थिइन्। घरबाट भागेर पनि उनी फुटबल मैदानसम्म पुग्ने गर्थिन्। गाविसस्तरीय प्रतियोगिता हुँदै जिल्लासम्म उनले फुटबलमा आफूलाई स्थापित गराइन् तर चन्द्रकलाको फुटबल सपना सफल हुन सकेन किनकी फुटबल एउटा टिम खेल थियो।  

सबै साथी विवाह गरेर गएपछि चन्द्रकलाले खेल जीवनै त्याग्नुपर्छ कि जस्तो अवस्था आएको थियो। भन्छिन्, 'मैले केटाहरूको टिममा बसेर पनि फुटबल खेलेँ। विस्तारै साथीहरू विवाह गरेर जान थालेपछि फुटबल खेलमा निरन्तरता दिन सकिनँ।' त्यसै क्रममा उनलाई फुटबलबाट एथलेटिक्स जान गुरुमन्त्र प्राप्त भयो। चाँगेका स्थानीय शिक्षक देवी बरालले एक दिन उनलाई हौस्याउँदै भने, 'आइज चन्द्रकला, ज्याभलिङ फाल। तैँले उभिई-उभिई जित्छेस्।' उनले त्यस दिनबाट पछि फर्किनुपरेन। त्यही भएर देवी बराल सरको आवाज अहिले पनि चन्द्रकलाको कानमा गुञ्जिरहेको छ। त्यही समय (२०६७) वैशाखमा ताप्लेजुङको भानुमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भयो। त्यहीँबाट उनले जीत निकाल्दै एथलेटिक्स दुनियाँमा प्रवेश गरिन्।

बिस्तारैको सफलताले उनलाई खुसी त दियो तर उनमा लगानी गर्न सक्ने पर्याप्त पैसा थिएन। खेल्नु त थियो नै, साथै जीवन धान्न र परिवारलाई पनि केही गर्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्यो। यसै समयमा उनको जीवनलाई सहज बनाउने काम गरे- ताप्लेजुङका शिक्षक बालकुमार साँवाले। २०७० सातिर पुलिसमा भर्ना खुलेको र त्यसमा नाम निकाले खेल क्षेत्रमा लगाइदिन आफूले भनिदिने भनेपछि उनी पुलिस बन्ने सपनासहित विराटनगर लागिन्। त्यहाँ उनले सफलता हात पारिन् र सुरु भयो उनको जागिरे जीवन। तर उनलाई पुलिसले खेलमा नै समय दिएकाले उनी खेल क्षेत्रमा नै लाग्न पाएको बताउँछिन्। भन्छिन्, 'मेरो खेल जीवनमा इँटा थप्ने काम पुलिसले गर्‍यो भन्ने लाग्छ तर सफल हुन धेरै बाँकी छ। सङ्घर्ष अझै धेरै छ।'

एउटा ज्याभलिनको भरमा अभ्यास गरेकी उनले अहिलेसम्म ज्याभलिनका लागि लगाइने स्पेसल स्पाइक (जुता) देखेकी मात्र छन्। उनले सातौँ खेलकुदमा 'स्पोर्ट्स सुज' लगाएर नै प्रतिस्‍र्धा गरिन्। उनले भनिन्, 'जागिरबाट आएको थोरै पैसाले कतितिर पुर्‍याउनुपर्ने हुन्छ। घरपरिवारदेखि आफ्नो लागि अत्यावश्यक खर्चसम्म कहाँबाट किन्न सक्नु र ज्याभलीन स्पाइक!'

ज्याभलीन स्पाइक देखेको मात्र छ

ज्याभलिनमा स्वर्ण जतेकी चन्द्रकलाबारे धेरैलाई लाग्दो हो, उनमा अभ्यास र अभ्यास गर्ने सामग्रीको केही कमी थिएन। तर उनको सङ्घर्षको कथा फरक छ। एउटा ज्याभलिनको भरमा अभ्यास गरेकी उनले अहिलेसम्म ज्याभलिनका लागि लगाइने स्पेसल स्पाइक (जुता) देखेकी मात्र छन्। उनले सातौँ खेलकुदमा 'स्पोर्ट्स सुज' लगाएर नै प्रतिष्पर्धा गरिन्। उनले भनिन्, 'जागिरबाट आएको थोरै पैसाले कतितिर पुर्‍याउनुपर्ने हुन्छ। घरपरिवारदेखि आफ्नो लागि अत्यावश्यक खर्चसम्म कहाँबाट किन्न सक्नु र ज्याभलीन स्पाइक!' उनले पसलमा नसोधेकी पनि होइनन्। 'एक महिनाको कमाइले पनि नपुग्ने हुँदोरै'छ, कहाँबाट ल्याउनु त्यत्रो पैसा?', उनी भन्छिन्।

'जीवनमा मैले सङ्घर्ष सानैबाट गरेँ, घरमा काम गरेर १ घण्टा असिनपसिन गरेर स्कुल पुगिन्थ्यो। जसोतसो पढेर फर्किँदा हैरान भइन्थ्यो। त्यहीबीच पनि खेलमा ध्यान दिएँ', उनी भन्छिन्। तर उनले पढाइलाई धेरै माथि पुर्‍याउन सकिनन्। सानोमा उनी एकदम राम्रो विद्यार्थी थिइन् तर पछि खेल क्षेत्रमै बढी लाग्न थालेपछि पढाइ बिग्रियो। उनले धनगढीमा भएको छैटौँ राष्ट्रिय प्रतियोगिता लगत्तै एसएलसी दिएकी थिइन्। भन्छिन्, 'मैले पढ्न कहाँ पाएँ र! छैटौँ खेलकुदलगतै एसएलसी भयो, प्रतियोगिताको तयारीले गर्दा पढिएन। पछि एसएलसी बिग्रियो तर खेल क्षेत्रमा मैले हरेस खाइनँ र निरन्तरता खेललाई नै दिएँ।'

सफलतामा रमाउन सकेन एथलेटिक्स संघ

चन्द्रकलाले राष्ट्रिय कीर्तिमान कायम गर्दै उपाधि जित्दा उनलाई हौसला बढाउन त कुनै एथलेटिक्स संघका पधाधिकारी पुगेनन् नै, उपाधि जित्दा बधाईसमेत उनलाई आफ्ना गुरुहरूबाहेक अरूबाट आएन।

'आफू मरीमरी दु:ख गर्यो तर सहयोग र सफलतामा समेत साथ नपाउँदा नरमाइलो लाग्दोरहेछ', भन्छिन्, 'खुसीमा रमाउनुपर्नेहरू नै नरमाउँदा र केही नहुँदा निराश र दु:ख लाग्नु त स्वाभाविक नै हो जस्तो लाग्छ।' त्यसो त उनले संघहरूलाई तयारीका लागि खर्च दिएको सुनेकी थिइन् तर उनले कसैबाट तयारीका लागि भनेर आफूलाई कुनै केही सहयोग आएको थाहा पाइनन्। यद्यपि, सफलतापछिको उपलब्धिले सम्बन्धित निकायलाई झस्काउने विश्वास लिएकी छन् उनले। साथै उनले नेपाल पुलिसको सहयोग र प्रशिक्षक नरेन्द्रजंग साहको सहयोगले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको मान्छिन्। उनलाई पुलिसले यो उपलब्धिपछि 'प्रमोसन' गर्छ कि भन्ने लागेको छ। उनी भन्छिन्, 'मैले मेरो मात्र होइन, सिङ्गो सङ्गठन र देशको लागि नै राम्रो गरेकी छु। त्यसको कदर हुन्छ भन्ने लागेको छ।'

उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा सागमा सहभागिता जनाइन्, यद्यपि, उनलाई ओलम्पिक छनोटका बारेमा थाहा छैन्। भन्छिन्, 'ओलम्पिक छनोटबारे मलाई थाहा छैन। तर त्यसका लागि सम्बन्धित निकायले पहल गर्ला भन्ने विश्वास लिएकी छु।'

ओलम्पिक छनोट थाहा छैन

राष्ट्रिय सफलतालाई अन्तर्राष्ट्रिय सहभागिताका लागि खेलाडी छनोटका रूपमा समेत हेरिएको हुन्छ। तर दुई राष्ट्रिय कीर्तिमानसहित उनले सफलता हात पार्दै गर्दा उनले सागमा पदक ल्याउने विश्वास छ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा सागमा सहभागिता जनाइन्, यद्यपि, उनलाई ओलम्पिक छनोटका बारेमा थाहा छैन्। भन्छिन्, 'ओलम्पिक छनोटबारे मलाई थाहा छैन। तर त्यसका लागि सम्बन्धित निकायले पहल गर्ला भन्ने विश्वास लिएकी छु।'

उनी अहिले जीवनको सर्वाधिक राम्रो लयमा रहेकी छन्। २३ वर्षीय चन्द्रकला अझै केही समय नेपाली खेलकुदमै सक्रिय खेलाडीको रूपमा रहने सोचमा छन्। साथै नेपाललाई अन्तर्राष्ट्रिय सफलता दिलाउने उनको ठूलो ईच्छा छ। 'अन्तर्राष्ट्रिय एक्सपोज र थ्रोसम्बन्धी गुरु भएमा अन्तर्राष्ट्रिय सफलता पाउँछु जस्तो लाग्छ', चन्द्रकला भन्छिन्। साथै पर्याप्त खेलकुद सामग्री र पर्याप्त तालिम भएमा सफल हुनेमा उनी ढुक्क छन्। तर राखेप, संघ तथा सरकारले उनको प्रतिभालाई कति मूल्याङ्कन गर्ला, त्यो भने हेर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.