|

तनहुँ : व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेकाले दिनुहुँजसो आन्दोलन गर्दै आए थिए। गत जेठ २४ गते स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइए पनि लामो समयसम्म रिपोर्ट नआएपछि उनीहरु क्वारेन्टाइनमै आन्दोलन उत्रिएका हुन्।

उक्त क्वारेन्टाइनमा रहेका करिब ५० जनाले घर जान पाउनुपर्ने माग राखेका थिए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट रिपोर्ट आउन ढिलो भएपछि ती युवाले दिनहुँजस्तो आन्दोलन गर्न थालेका छन्। ‘सरकारी कार्यविधिअनुसार आरडिटी परीक्षण गरेर घर पठाएका थियौं,’ स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले भने, ‘उनीहरुमध्ये एक जनामा कोभिड १९ पोजिटिभ रिपोर्ट आएको छ।’ 

बिहीबार नतिजा आउने भएकाले कुर्न भने पनि दिनहुँ आन्दोलन हुने अवस्था आएपछि आरडिटी गरेर पठाउनु परेको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए। ‘घर पठाइएकालाई बाहिर नजान र घरभित्रै बस्न निर्देशन दिइएको छ,’ उनले भने, ‘गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो नतिजामा व्यासका तीन जना पुरुषमा कोभिड रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी दुई क्वारेन्टाइनमै छन्।’

तीनै जनालाई दमौली अस्पतालको आइसोलेसन लगियो 

व्यास नगरपालिकाका तीनै जना संक्रमितलाई दमौली अस्पताल अन्तर्गतको आइसोलेसनमा राखिएको छ। अस्पतालान १६ शैयाको आइसोलेसन बनाइएको छ। उनीहरुलाई सोही आइसोलेसनमा राखिएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए।

‘पहिले संक्रमितलाई आइसोलेसनमा राख्छौं र उनीहरुको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्ने तयारीमा लागेका छौं,’ सोतीले भने। संक्रमितलाई दमौलीमा ल्याएर छुट्टै राखिसकेको उनले बताए। उनीहरु सबै भारतबाट आएका हुन्। 

तनहुँमा संक्रमितको संख्या ३६ पुग्यो

तनहुँमा कोभिड १९को संक्रमित बढ्दै गएको छ। बिहीबार मात्रै १५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै तनहुँमा २६ जना कोभिड १९ को संक्रमितको संख्या २६ पुगेको  छ। ऋषिङ गाउँपालिकाका सात, भानु नगरपालिकाका चार, व्यास नगरपालिकाका तीन र शुक्लागण्डकीको एक जनामा कोरोना पोजिटिभ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक एवं प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए। 

बिहीबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले व्यास नगरपालिकाका १, ११ र १३ नम्बर वडाका २५, २९ र ४२ वर्षका पुरुषमा कोरोना पोजिटिभ देखिएको जनाएको छ। ऋषिङका ४०, ३१, २०, २३, २४, २७ र २१, भानुका २२, ४२, ४० र ५२ वर्षका पुरुष छन्। त्यस्तै शुक्लागण्डकीका १८ वर्षका पुरुपमा कोरोना पुष्टि भएको छ। 

शुक्लागण्डकीका पुरुषलाई शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन, व्यास र ऋषिङकालाई दमौली अस्पतालको आइसोलेसनमा राखिने भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए। उनका अनुसार भानुकालाई भने त्यहीको आइसोलेसनमा राखिनेछ।  

दुई जना निको 

तनहुँका पहिलो र दोस्रो कोरोना संक्रमित भने निको भएका छन्। निको भएर घर फर्किसकेका छन्। दुवै ऋषिङ गाउँपालिकाका पुरुष हुन्। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय १९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.