|

काठमाडौं : लकडाउन अवधी भर नेपालबाट हवाइ मार्ग हुँदै नेपाली र विदेशी नागरिक गरी करीब ११ हजारले नेपाल छाडेका छन्। गत चैत १४ गतेदेखि यही जेठ ३२ गतेसम्म नेपालबाट झण्डै १० हजार ९ सय २४  जना यात्रुले विदेश नेपाल छोडेको अध्यागमन विभागले कार्यालयले जनाएको छ।

लकडाउन अवधिमा सबैभन्दा बढी नेपाली नागरिकले स्वदेश छोडेका छन्। जसमा ४ हजार ३ सय ९० नेपालीले स्वदेश छोडेर विभिन्न मुलुक गएका छन्। ९ सय ४ जना अमेरिकी, ७ सय १४ बेलायती,  र ५ सय ७७ जना फ्रान्सेलीले नेपाल छाडेका छन् ।

यसैगरी, हवाइ मार्ग हुदै लकडाउन अवधिमा ९ सय ६८ जना नेपाल भित्रिएका छन्। सबैभन्दा बढी नेपाली नागरिक ९ सय ५४ जना भित्रिएका छन्। संयुक्त राष्ट्रसंघका प्रतिनिधि ९, जापान २, बंगलादेश २ र १ बेलायती नागरिक रहेका छन्।

कुन देशका कति पर्यटक 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.